+
+

गाडीहरुको कुम्भ मेला ‘नाडा अटो शो’ राजधानीमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १३ गते १६:१३

१३ भदौ, काठमाडौं । गाडीहरुको कुम्भ मेला आजबाट काठमाडौंमा सुरु भएको छ । नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालको आयोजनामा सुरु भएको मेला १८ भदौसम्म चल्नेछ ।

भृकुटीमण्डपमा आयोजित मेलाको उदघाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बिरबहादुर बलायरले गरेका छन् ।

मेलामा विभिन्न ४१ वटा ब्राण्डका सवारी साधनहरु राखिएका छन् । हुण्डाई, टाटा, फोर्ड, होन्डा, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सन लगायतका १६ वटा ब्राण्डका चार पांग्रे, बजाज, यामाहा, हिरो, होन्डा, टिभीएस लगायतका १९ वटा ब्राण्डका दुई पांग्रे गाडीहरु प्रदर्शनीमा छन् ।

यस्तै टाटा, अशोक लेल्याण्ड, महिन्द्रा लगायतका ६ वटा ब्राण्डका हेवी कमर्सियल सवारी साधन पनि प्रदर्शनीमा राखिएको छ । सवारी साधनको प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुब्रिकेण्टसका स्टलहरु पनि राखिएको छ ।

अटोमोबाइल्स एशोसियशन अफ नेपालका अध्यक्ष अञ्जन श्रे ष्ठका अनुसार मेलामा खरिदकर्ताहरुलाई विभिन्न छुट र उपहार दिइने छ । मेला अवलोकन गर्नेहरुमध्येबाट एकजना भाग्यशाली विजेतालाई युमको रेनिगेड कमाण्डो २३० बाइक पनि प्रदान गरिने छ ।

८७ वटा वटा संस्थाका स्टल रहने प्रदर्शनीलाई ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान छ । मेलाबाट उठेको रकममध्ये ५ लाख रुपैयाँ बाढीपीडितको सहयोगका लागि उपलब्ध गराउने आयोजकले जनाएको छ ।

तस्वीर: मिलन अधिकारी/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?