Comments Add Comment

चलचित्रबाट ब्रेक लिएर नाटकमा अभिनय गर्दै नम्रता


नायिका नम्रता श्रेष्ठलाइ दर्शकले फेरि एकपटक नाटकमा देख्ने भएका छन् । सेप्टेम्बर १ तारिखदेखि १० तारिखसम्म मञ्चन हुन लागेको नाटक ‘गोल्डेन ब्याइ’मा नम्रताले अभिनय गर्न लागेकी हुन् । यसअघि उनले ३ वटा नाटकमा अभिनय गरिसकेकी छिन् ।

चलचित्र ‘पर्व’ले औषत व्यापार गरेपछि नम्रताले नयाँ चलचित्रमा काम गर्न लागेको चर्चा सुनिएको छैन । तर, उनी १० दिन अब नाटकमा व्यस्त हुनेछिन् । सन् १९३७ को चर्चित अमेरिकी नाटक ‘गोल्डेन ब्याइ’को नेपाली संकरणमा नम्रताले अभिनय गर्न लागेकी हुन् । उनको साथमा अमृत दाहाल यो नाटकमा देखिनेछन् ।

यो नाटकलाइ अमेरिकी रंगकर्मी डेबोरा मेरोलाले निर्देशन गरेकी हुन् । ‘हाइली हाइ इन्टरटेन्मेन्ट र वान वल्र्ड थिएटर’को संयुक्त प्रस्तुतीमा यो नाटक मञ्चन हुन लागेको हो । नाटकमा नम्रता, अमृत, राजकुमार पुडासैनी र दिव्य देव्यलाइ दर्शकले देख्न पाउनेछन् ।

नम्रताले पत्रकार सम्मेलनमा भनिन्-‘मैले चलचित्र निर्माण र अभिनयबाट विश्राम लिएर नाटक गर्न लागेकी हुँ । नाटकमा काम गर्न पाउँदा मलाइ निकै खुशी लागेको छ । नाटकमा मैले ‘लोरना मून’को भूमिका निर्वाहा गर्दैछु । ‘गोल्डेन ब्याइ’मा आधारित रहेर हलिउड चलचित्र समेत निर्माण भैसकेको छ । त्रिपुरेश्वरमा रहेको ‘वल्र्ड ट्रेड सेन्टर’मा अवस्थित ‘कर्मा बार एन्ड लाउन्ज’मा यो नाटक मञ्चन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment