Comments Add Comment

गाउँपालिका टुक्रयाउन खोजिएको भन्दै कालिकोटमा आपत्ती

गाउँपालिका टुक्रयाइए चुनावमा भाग नलिने चेतावनी

अध्यक्ष, पचाल झरना गाउँपालिका, कालिकोट ।

१४ भदौ, कालिकोट । आगामी मंसिरमा हुने प्रदेश रं संघको निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिबेदन बुझाउने तयारी गरिरहेका बेला कालिकोटवासीले आपत्ती जनाएका छन् ।

जनसंख्यालाई मात्रै आधार मानेर भुगोललाई नमिलाइएको भन्दै कालिकोटवासीले आपत्ती जनाएका हुन् । पचाल झरना गाउँपालिका लगायतका केही स्थानीय निकायलाई जनसंख्याको आधार मानेर भुगोल नमिलाइएको भन्दै आपत्ती जनाएका हुन् ।

कुनै पनि प्रकारले नमिल्ने पचाल झरना गाउँपालिकालाई तिला क्षेत्रमा राख्न खोजिएको भन्दै सरोकारवालाले आपती जनाएका छन् ।

संघीय संसदका लागि एक निर्वाचन क्षेत्र र प्रर्देशसभाका लागि दुई क्षेत्र रहने कालिकोटमा भौगोलिक तवरले छुटिएका तिलाकणर्णाली क्षेत्रका १३ र कणर्णाली क्षेत्रका १७ साबिकका गाबिसलाई आधार मान्दा जनसंख्याको सन्तुलन नमिलेको भन्दै आयोगले केही गाउँपालिका टुक्र्याउन खोजेको हल्ला बाहिर आएपछि पचाल झरना गाउँपालिकाका अध्यक्ष खडकराज सेजुवालले मान्य नहुँने बताए ।

पत्रकारहरुसंघको भेटमा जनसंख्यालाई आधार बनाएर भौगोलिक कठिनाईलाई मध्यनजर नगरी पचाल झरनालाई टुक्रा्याएर कम्जोर बनाउन खोजे आन्दोलन गरिने र आगामी निर्वाचनमा सहभागी नहुने बताए ।

उनले आफूले आयोगका पदाधिकारीहरुसँग कुरा गर्दा नटुकि्रने आश्वासन दिएको भन्दै टुक्रिए काठमाडौंमै आन्दोलन गर्ने चेतावनी दिए ।

कालिकोटमा साविकका १७ र १३ गाविसलाई दुईवटा नदी र तीन हजार मिटर उचाई रहेको चुलिमालिका पहाडले भौगोलिक दिशा निर्देश गरेको छ । सोही अनुसार भौगोलिक कठिनाइलाई मध्यनजर गर्न अध्यक्ष सेजुवालले आयोगलाई आग्रह गरे ।

रत्न कार्कीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment