+
+
Shares

४ करोड फिर्ता गरेर सुशान्तले फिल्म छाडे

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १४ गते १२:५०


कुनै समय बलिउड नायक सुशान्त सिंह राजपुत चलचित्रमा काम गर्न धेरै भौतारिन्थे । सिरियलमा चर्चित भएपछि उनलाइ चलचित्रमा काम गर्न त सजिलो नै भयो । तर, पनि सुरुवाती दिन भने कष्टकर नै थियो ।

तर, उनै सुशान्त अहिले भने काम गर्ने भनेर संझौता गरिसकेको चलचित्र पनि छाड्न थालेका छन् । सुशान्तले चलचित्र ‘रोमियो अकबर वाल्टर’ नामक चलचित्र छाडेका छन् ।

भारतीय मिडियाका अनुसार सुशान्तले यो चलचित्रमा संझौता गर्दा लिएको ४ करोड रकम समेत निर्मातालाइ फिर्ता गरिदिएका छन् । आफ्नो व्यस्त सेड्यूलका कारण सुशान्तले यो चलचित्रमा काम गर्न नसकेका हुन् । ४ करोड संझौता रकम फिर्ता गर्ने अवस्थामा पुगेका सुशान्त कती व्यस्त होलान्, तपाइले सजिलै अनुमान लगाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?