Comments Add Comment

प्रदेश सभा र प्रतिनिधि सभा चुनावको आचारसंहिता लागू

१४ भदौ, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते दुई चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि बुधबारबाट आचार संहिता लागू गरेको छ ।

आयोगको बुधबार बसेको बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि आचार संहिता लागू गर्ने निर्णय गरेको हो ।

निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचार संहिता बुधबारदेखि नै लागू गर्ने निर्णय गरिएको आयोगका आयुक्त सुधीरकुमार शाहले जानकारी दिए ।

आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, स्थानीय तह र त्यसका कर्मचारी, सार्वजनिक संस्था, सरकारी तथा अर्ध सरकारी संस्था, सुरक्षा निकायका सबै अंग, निर्वाचन कार्यमा संलग्न सबैमा निर्वाचन आचारसंहिता लागू हुने पनि स्पष्ट पारेको छ ।

आयोगका आयुक्त शाहका अनुसार उम्मेदवारको हकमा भने मनोनयन दर्ता भएको मितिदेखि आचारसंहिता लागू हुने छ । निर्वाचन आयोगले स्थानीय तह तेस्रो चरणको निर्वाचनको तयारी पनि अन्तिम चरणमा पुगेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment