
१६ भदौ, काठमाडौं । आफ्नै गाडी चढ्ने सपना नदेख्ने नेपाली सायदै थोरै होलान् । तर, महंगो रकम खर्चिएर गाडी किन्ने अवस्था धेरैको छैन । केही वर्षदेखि मोटरसाइकल छाडेर कार किन्नेहरुको संख्या बढ्दै गर्दा यसका केही मूलभूत कारण मध्यबजारमा उपलब्ध सस्ता कार पनि हो ।
ठूलो आम्दानीको स्र्रोत हुनेहरुले ‘अटो लोन’ लिएपछि गाडीको सपना त्यति ठूलो पनि हुँदैन । तर, मध्यमवर्गीय परिवारका लागि आफ््नै गाडीको सपना महत्वकांक्षा जस्तो पनि देखिन्छ । तर, पछिल्लो समयमा यो अवस्था फेरिएको छ ।
कतिपय गाडी त अपत्यारिलो मूल्यमा किन्न पाइने भएकाले धेरैको ध्यान यस्ता गाडीले खिचेका छन् । गाडी दैनिक आवश्यकताको साधन बन्दै गएको छ । निर्माता कम्पनीहरुले मध्यमवर्गका ग्राहकलाई समेत लक्षित गरी साना गाडी बजारमा ल्याउने क्रम जारी नै छ ।
नेपालमा पछिल्लो समयमा साना, सस्तो र धेरै माइलेज दिने कारहरुको माग बढ्दो क्रममा छ । आजभोलि सडकहरुमा विभिन्न कम्पनीका इन्ट्री लेभलका कारको संख्या बाक्लो देखिन थालेको छ ।
गाडी उत्पादक कम्पनीहरुले पनि मोटरसाइकल छाडेर गाडी किन्न चाहाने मध्यमवर्गलाई लक्षित गरेर इन्ट्री लेभलकै कारमा उत्कृष्ट सुविधा, डिजाइन, इञ्जिन, माइलेज र ग्राउण्ड क्लेयरेन्स प्रदान गरेका छन् । त्यसैले नियमित आम्दानीबाट थोरै बचत गर्न सक्ने उपभोक्तालाई यस्ता गाडीले गजबसँग आकषिर्त गरिरहेका छन् ।
सडकको दुरावस्थाले मोटरसाइकल यात्रा जोखिमपूर्ण बन्दै गएकाले पनि विकल्पमा कार प्रयोग गर्नेहरुको संख्या दिनपि्रतिदिन उकालो लागिरहेको छ । अझ सार्वजनिक सवारी साधनको यात्रा सहज र भरपर्दो नहुँदा पनि इन्ट्री लेभलकै कार खरिदमा ग्राहकको चासो बढ्दो छ ।
त्यसमाथि मोटरसाइकलमा यात्रामा गर्दा धुवाँ धुलो मात्रै भोग्नु पर्दैन, झरीको समयमा रुझ्नुपर्छ भने घाममा पनि धेरै समस्या भोग्नुपर्छ ।
यस्तो अवस्थामा आफूले ‘अर्फोड’ गर्न सक्ने मूल्यमा राम्रा स्तरका गाडी किन्न पाइने अवस्था छ । त्यसैले गाडीमा धेरैको चासो बढ्नु स्वभाविक नै भएको कम्पनीहरु बताउँछन् ।
नेपालमा सामान्यतया हुण्डाई, सुजुकी र टाटाका साना गाडीहरू बढी प्रचलित छन् । सँगै अन्य थुप्रै कम्पनीहरु पनि इन्ट्री लेभलको कार लिएर बजारमा आएका छन् । यो लेभलको कार बजारमा केही नयाँ गाडी प्रवेश गरेका छन् भने कुनैले बजारमा बर्चश्व नै कायम गरेका छन् ।
त्यसैले अहिले सानो बजेट भएकाहरुलाई पनि आफ्नै कारको चढ्ने सपना साकार गर्नु ठूलो चाुनौतिको विषय हुने गरेको छैन । बजारमा केही त्यस्ता इन्ट्री लेभलका कार छन्, जसले मध्यम वर्गलाई उनीहरुको आफ्नै गाडीको सपनासँग सहजसँग जोडिरहेका छन् । ३५ प्रतिशत डाउन पेमेन्टमा ६ लाखसम्म खर्चिँदा ग्राहकले कार तत्काल घर लैजान सक्छन् ।
डाटसन रेडी गो

मूल्यको हिसाबले ग्राहकको मन जित्न सफल कार हो जापनीज ब्राण्ड डाटसनको ‘रेडी गो’ । ८ सय सीसी क्षमताको पेट्रोल इञ्जिन जडित यो अर्वन क्रस कारको नेपालीबजारमा न्युनतम् मूल्य नेपाली बजारमा १५ लाख २५ हजार रुपैयाँ रहेको छ ।
१ हजार सिसीको इञ्जिनवाला रेडी गो पनि १९ लाख ७५ हजारमा किन्न पाइन्छ । अझ कम्पनीले नाडामा छुटसहित र विभिन्न सुविधासहित २ लाख ३ हजार बराबरको बेनिफिट ग्राहकलाई दिइरहेको छ । रेडीगोको टप भेरियन्ट किन्न भने २० लाख २५ हजार खर्चिनुपर्छ ।
डाटसन गाडीको नेपाली आधिकारिक विक्रेता पायोनियर मोटोकर्प हो । ‘रेडी गो’ फेमिली ह्याचब्याक कार हो । ‘रेडी गो’ नेपाली बजारमा हुन्डाई इओन र मारुती अल्टोसँग प्रतिस्पर्धा गरिरहेको छ । प्रतिलिटर २५.१७ किलोमिटर माइलेज दिने भएकाले पनि रेडी गो ग्राहकमाझ लोकपि्रय बन्ने क्रममा रहेको छ ।
यसमा फाइभ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ । यो गाडी १५.९ सेकेण्डमै १०० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिन सक्छ । जसले गर्दा काठमाडौ लगायत सवारी जाम हुने शहरमा यसको महत्व बढेको कम्पनीको दावी छ ।
रेडी गो कारको सबैभन्दा आकर्षक पक्ष हो, ग्राउन्ड क्लियरेन्स । यसमा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ । हृयाचब्याक कार भएर पनि यसमा एसयुभी कारको जत्तिकै ग्राउन्ड क्लियरेन्स छ ।
यो गाडीमा तीन वर्ष फ्री सर्भिस र वारेन्टीको सुविधा दिइएको छ । यो कारको नयाँ भसर्र्निपनि भर्खरै नेपाल आएको छ ।
हुण्डाइको इओन

इओन गाडी हुण्डाईको उत्कृष्ट इन्ट्री लेभलको कार हो । विभिन्न विशेषताका कारण यो कार नेपालमा लोकपि्रय भइससेकेको छ । नेपालमा चार कलर र २ भेरियन्टमा इओन उपलब्ध छ । सस्तो मूल्यमा उत्कृष्ट डिजाइजसहित विभिन्न विशेषताले भरिपूर्ण भएकाले यो कारलाई धेरैले रुचाएका छन् ।
८ सय सीसीको इओनमा १ सय ७० एमएमको ग्राउण्ड क्लिरेन्स छ । यसै कारण पनि ग्राहकको मन जित्न यसलाई गाह्रो परेको छैन ।
मोटरसाइकल ‘सब्स्टीच्युट’ गर्नेका लागि इओन उत्कृष्ट र महत्वपूर्ण कार हुनसक्छ । किनकी यसले पनि कम इन्धन खपत गर्छ भने लुक्स बेजोडको छ । यसले प्रतिलिटर २१ दशमलब १ किलोमिटर गुड्ने क्षमता राख्छ । यो कारमा ३२ लिटरको इन्धन टयांकी छ ।
नेपाली बजारमा पेट्रोल भर्सनको इओन डिलाइटको प्रारम्भिक मूल्य १८ लाख ९६ हजार रुपैयाँ छ । फुल अप्सनको इओनको मूल्य २२ लाख ९६ हजार रुपैयाँसम्म पर्छ ।
सानो खालको गाडी भएपनि स्पेसमा कुनै कमी नरहेको दाबी कम्पनीको छ ।
मारुती-सुजुकीको अल्टो

इन्ट्री लेभलको अल्टो मारुती-सुजुकीको उत्पादन हो । अहिले यो सबैभन्दा बढी बिक्री हुने कारमा पर्छ । अल्टोको अपग्रेडेड भर्सन आएपछि उपभोक्ताले अत्याधिक रुचाएका छन् ।
सिजी मोटोकोर्पकाअनुसार नेपाली बजारमा अल्टो भारनवटा भेरियन्टमा उपलब्ध छ । अल्टो ८०० सीसी इञ्जिन क्षमताको कार हो । यो गाडी ६ वटा कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । १ सय ६५ मिलिमटिरको ग्राउण्ड क्लियरेन्स रहेको कारमा ३५ लिटरको पेट्रोल टयांकी छ ।
यसले प्रतिलिटर २४ दशमलव ७ किलोमिटर माइलेज दिन्छ । माइलेजका कारण पनि यसले नयाँ गाडी ग्राहकको ध्यान तानेको छ ।
नेपाली बजारमा अल्टोको मूल्य १५ लाख ४९ हजार रुपैयाँबाट हुन्छ भने फूल अप्सन अल्टो २० लाख १९ हजार रुपैयाँसम्म पर्छ । अल्टो स्टान्डर्ड नेपालमा ट्याक्सीका रुपमा प्रयोग गरिएको छ ।
अल्टोलेे शहरी क्षेत्रमै पनि १९ किलोमिटर प्रतिलिटरको माइलेज दिइरहेको सिजी मोटाकोर्पले बताउँछ । अल्टो इन्धन किफायती भएकाले पनि धेरैको रोजाइमा पर्ने गरेको छ ।
टाटा टियागो

भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको टियागो स्र्पोटी ह्याचब्याक गतवर्ष नेपालमा सार्वजनिक भएको कार हो । उत्कृष्ट डिजाइनसहित विभिन्न फिचर्सका कारण टियागोले धेरैको ध्यान तानेको छ ।
टाटा मोटर्सको नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यसलाई नेपाली बजारमा यसलाई सफल बनाइसकेको छ । यो कार तीन वटा भेरियन्टमा उपलब्ध छ । यो कार स्ट्राइकर ब्ल्यू, बेरी रेड, सनब्रस्ट अरेन्ज, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट र ल्पाटिनम सिल्भर कलरमा उपलब्ध छ ।
टियागोको प्रारम्भिक मूल्य २२ लाख ५५ हजार रुपैयाँ छ । एक्सइ भेरियन्टको मूल्य २२ लाख ५५ हजार रुपैयाँ छ भने एक्सएमको २५ लाख ५५ हजार र एक्सजेडको मूल्य २८ लाख ५५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
विभिन्न फिचर्सहरु समावेश भएको यो १२ सय सीसीको कार मोटरसाइकलको विकल्प खोज्नेहरुका लागि एउटा राम्रो ‘अप्सन’ हो । यो कारको बनोट आकर्षक छ भने सार्प लाइन, सिग्नेचर हेग्जागन ग्रीलसहित प्रस्तुत गरिएको छ ।
कारमा सिटी र इकोसहित मल्टि ड्राइभ मोड राखिएकाले फ्युल इफिसियन्सी पनि राम्रो छ । यसैका कारण गाडी चढ्नेबारे योजना बनाएकाहरुले यसलाई विकल्पका रुपमा राख्नसक्छन् ।
रेनो क्वीड

‘रेनो क्वीड’ इन्ट्री लेभलको ८ सय र १ हजर सिसीमा उपलब्ध ह्याचब्याक कार हो । सस्तो मूल्यमा आकर्षक कार दिएकै कारण रेनोले नेपाली मध्यमबर्गमाझ छुट्टै पहिचान बनाएको छ ।
उत्कृष्ट डिजाइन, मूल्य र माइलेज र फिचर्सका कारण यसले धेरैको ध्यान खिच्ने देखिएको छ । रेनोले आˆनो इन्ट्री लेभल गाडी क्वीडमा सकेसम्म धेरै फिचर्स राख्न प्रयास गरेको छ । ड्राइभर सिटमा एयरब्याग, एयर कन्डिसनसहित सुन्दर आन्तरिक सजावटले यसलाई थप आकर्षक बनाएको छ ।
इन्ट्री लेभलको कार क्वीडको फ्युल इफिसियन्सी उत्कृष्ट छ । यसले २५.१७ किलोमिटर प्रतिलिटरको माइलेज दिने कम्पनीको दावी छ । यसमा २८ लिटर क्षमताको इन्धन ट्यांक रहेको छ । क्वीडको ग्राउण्ड क्लियरेन्स १८० एमएम छ भने बुट स्पेश ३०० लिटर क्षमताको छ ।
युरोप, ब्राजिल र भारतजस्ता बजारमा सफलता हासिल गरिसकेको क्वीडले चालक र यात्रुको सुरक्षाका सवै उपायहरु अपनाएको छ । ड्राइभर सिटमा रहेको एयरब्याग सुविधा यो क्लासमा रहेका अन्य कारको भन्दा फरक छ ।
रेनो क्वीडको न्युनतम् मूल्य नाडाका अवसरमा १७ लाख ६४ हजार ९सय रुपैयाँ छ । टप भेरियन्टलाई १९ लाख ८७ हजार रुपैयाँ पर्छ ।
प्रतिक्रिया 4