१६ भदौ, काठमाडौं । दशैंमा धेरै तौलको सामान बोकेर घर जाने सोच्नुभएको छ ? यदी यस्तो सोच्नुभएको छ भने त्यस्तो इच्छा पूरा नहुने भएको छ ।
दशैंमा यात्रुबाहक बसमा यात्रा गर्ने यात्रुले २० किलोभन्दा बढी तौलको वस्तु बोक्न नपाउने भएको छन् । यातायात व्यवस्था विभाग र व्यवसायीको संयुक्त बैठकले शुक्रवार यस्तो निर्णय गरेको हो ।
विभागका अनुसार २० किलोसम्म तौलको वस्तु बोक्दा त्यसको भाडा लाग्ने छैन । २० किलोभन्दा बढी तौलको वस्तु लैजानुपरे कुरियर वा मालवाहक सवारी वा अन्य व्यवस्थाबाट व्यवस्था गर्न विभागले सचेत गरेको छ ।
त्यस्तै, यात्रुवाहक सवारीले व्यापारीक तथा व्यवसायीक प्रयोजनका लागि कुनै पनि सामान बोक्न नपाउने विभागले जनाएको छ ।
व्यापारीक तथा व्यवसायीक प्रयोजनका लागि कुनै पनि बस्तु बोकेको पाइए सम्बन्धित सवारीको इजाजतपत्रसमेत खारेज गर्ने विभागले जनाएको छ ।
तर, व्यवसायीले भने यस्तो व्यवस्थाले उपभोक्तालाई नै असर गर्ने जनाएका छन् ।
छतमा धेरै तौलका वस्तु राख्दा दूर्घटना बढेको भन्दै गत वर्ष सरकारले यात्रुवाहक सार्वजनिक सवारीको छत नै हटाएको थियो । तर, उक्त निर्णय हालसम्म कार्यान्वयन भएको छैन ।
व्यवसायीले वैकल्पिक व्यवस्था नभएसम्मका लागि साविकको व्यवस्था कायम राख्न दवाव दिइरहेका छन् । उक्त मागलाई सम्बोधन गर्न विभागले कार्यदल गठन गरेर आवश्यक कानूनी व्यवस्था गर्ने बचनवद्धता जाहेर गरेको छ ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4