१६ भदौ, काठमाडौं । सरकारले दशैंका लागि राजधानी बाहिर जाने जनताकाका लागि भदौ २२ गतेदेखि सवारीको अग्रिम बुकिङ खोल्ने निर्णय गरेको छ ।
आज यातायात व्यवस्था विभागमा बसेको उपभोक्ताकर्मी, बिभागका कर्मचारी र व्यवसायीबीचको छलफलमा २२ भदाैदेखि बुकिङ खोल्न व्यवसायी सहमत भएका हुन् ।
मध्यम र लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ सेवा सञ्चालन गर्न लागिएको हो ।
सरकारले हरेक वर्ष सर्वसाधारणको सुविधाका लागि दशैंअघि राजधानी छाड्नेहरुलाई अग्रिम बुकिङको सुविधा दिइरहेको छ ।
तर, छतमा सामान राख्न पाउनुपर्ने लगायतका माग राख्दै आएका व्यवसायीले भने सरकारले आफ्ना माग पूरा नगरेको भन्दै टिकट बुकिङ खुला गर्ने निर्णयमा सहमति जनाएका छैनन् ।
सरकारले गत वर्षदेखि यात्रुवाहक सवारीले धेरै तौलका सामान बोक्दा त्यसले दूर्घटना बढाएको भन्दै छत नै हटाउने निर्णय गरेको थियो । तर, उक्त निर्णय व्यवसायीले पालना गरेका छैनन् । वैकल्पिक व्यवस्था नगरी सरकारले छत हटाएको भन्दै व्यवसायीले छत हटाउने निर्णयमा सहमति जनाउन मानेका छैनन् ।
विभागले भने व्यवसायीले उठाएका मागको समाधानका लागि आवश्यक पहल गर्ने जनाएको छ ।
दशैंमा झण्डै २५ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान छ । दशैंमा दैनिक औषत ७ हजार सवारी उपत्यकाबाट बाहिरिने व्यवसायी बताउँछन् ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4