Comments Add Comment

चुनाव सफल बनाउन सबैको सहयोग आवश्यक

१६, भदौ, काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन सबै पक्षको सहयोगको आवश्यक भएको बताएका छन् ।

मन्त्री बस्नेतले आसन्न स्थानीय तह तेस्रो चरणको निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई एकजुट हुन पनि आहृवान गरेका हुन् ।

काठमाडौंमा शुक्रबार आयोजित नेपाल आयुर्वेदिक चिकित्सक संघको ९ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सबै तहको चुनाव सम्पन्न भएपछि मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन ढिलाई गर्न नहुने स्पष्ट पारे ।

मन्त्री बस्नेतले मुलुकमा रहेको स्रोत र साधनलाई परिचालन गरेर आर्थिक समृद्धि हासिल गर्ने चुनौतीलाई सामना गर्न सकिने पनि स्पष्ट पारे ।

मन्त्री बस्नेतले आयूर्वेद विश्वविद्यालय स्थापना गर्न आफूले पहल गर्ने आश्वासन पनि दिए ।

उनले आयूर्वेद चिकित्सा पद्धति भरपर्दो उपचार पद्धति भएको उल्लेख गर्दै त्यसको विकासमा सरकार लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment