+
+
Shares

रामेछाप लाप्चानेको इलाका प्रशासन कार्यालय फेरि बन्द

नवराज पथिक नवराज पथिक
२०७४ भदौ १६ गते १७:३०

१६ भदौ, रामेछाप । रामेछापको उत्तरी भेगका नागरिकहरुलाई स्थानीय स्तरमा नै सेवा प्रवाहको लागि उमाकुण्ड गाउँपालिकाको लाप्चानेमा स्थापना गरिएको इलाका प्रशासन कार्यालय पुनः बन्द भएको छ ।

कार्यालय बन्द भएपछि स्थानीयले सास्ती पाउने क्रम फेरी दोहोरिएको छ ।

एक वर्ष अघि स्थापना भएको सो कार्यालय ६ महिनासम्म सञ्चालन भएपछि करिव ६ महिना बन्द भएको थियो । ६ महिनासम्म बन्द भएको कार्यालय गएको साउनको दोस्रो हप्ताबाट सञ्चालनमा आएको हो । कार्यालयले सेवा सञ्चालन गरेको एकमहिना वित्न नपाउँदै फेरी सेवा बन्द भएको छ ।

इलाका प्रशासन कार्यालयका प्रमुख सरोज तिमल्सिना स्थानीय जनप्रतिनिधिहरुलाई समेत जानकारी नै नदिई हिँडेपछि कार्यालयको सेवा बन्द भएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताए ।

लामो समयसम्म बन्द भएको कार्यालयले सेवा प्रवाह गर्न सुरु गरेपछि स्थानीयले केही राहातको अनुभूति गरेको अवस्थामा कार्यालय प्रमुख कसैलाई जानकारी नै नदिई कार्यालय छाडेर हिँडेपछि नागरिकहरुले सास्ती खेप्न वाध्य भएको सुनुवारले बताए ।

‘इलाका प्रशासन कार्यालय खुलेको एक वर्ष भयो, तर कर्मचारी बसेनन्, म अध्यक्ष भएपछि गृहमन्त्रालयमा कुरा गरेर कर्मचारी पठाउन लगाएँ ।’ गाउँपालिका अध्यक्ष सुनुवारले भने, ‘ गाउँमा कर्मचारी बसेपछि जनतालाई सजिलो भएको थियो, तर प्रमुख एक महिना नवित्दै कसैलाई जानकारी नदिई हिँडेछन् ।’

सुरक्षाको बाहना बनाएर हिँडेको सुनेको भन्दै अध्यक्ष सुनुवारले उनी गाउँ फर्किए सुरक्षाको ग्यारेन्टी लिने बताए ।

इलाका प्रशासन कार्यालयमा अहिले पनि सेवा लिन मानिसहरु आउने तर कर्मचारी नभएपछि त्यसै र्फकनु पर्ने गरेको सुनुवारले बताए । उनले भने, ‘कि कार्यालय उठाउनु पर्यो, कि सेवा दिनु पर्यो । कर्मचारी नबस्ने कार्यालय राखेर नागरिकलाई सास्ती दिनु भएन ।’

इलाका प्रशासन कार्यालय बन्द भएपछि अहिले उमाकुण्ड गाउँपालिकाका स्थानीयहरु इलाका प्रशासनले दिने सेवा लिन २ दिनको पैदलयात्राबाट सदरमुकाम मन्थली आउन बाध्य छन् ।

इलाका प्रशासन कार्यालय प्रमुख तिमल्सिना भने आफूलाई विभिन्न ठाउँबाट धम्की आएपछि असुरक्षा भएको भन्दै विदा बसेका छन् । उनले रामेछापका तत्कालीन प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीबाट स्विकृत गराएर विदा बसेका हुन् ।

रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले इलाका प्रशासन कार्यालयका प्रमुख विदामा बसेको बताउँदै यस बारेमा जनप्रतिनिधिहरुसँग बसेर समस्या समाधान गरी कार्यालयका काम चाँडै सञ्चालनमा ल्याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?