१८ भदौ विराटनगर । गैरआवासीय नेपाली संघ डेनमार्कले मोरङका बाढी पीडितहरुलाई राहत वितरण गरेको छ ।
नेपाली जनसम्पर्क समिति डेनमार्कका निवर्तमान अध्यक्ष नविन आर्चाय मार्फत बाढी पीडितहरुलाई चामल,दाल,नुन,तेल चिनी लगायतका सामग्री वितरण गरिएको थियो ।
रतुवामाई नगरपालिकाका मेयर रविन राई सर्वदलीय समितिका प्रतिनिधिका रुपमा नेपाली कांग्रेसका सचिव नागेश कोइराला र गैर आवसीय नेपाली संघ डेनमार्कका सल्लाहकार नविन आर्चायले बाढी पीडितहरुलाई संयुक्त रुपमा राहत सामग्री वितरण गरेका थिए ।
गएको साउन अन्तिम साता वक्राहा खोलाले बाँध फुटाएर मानव वस्तिमा खोला पस्दा सो क्षेत्रको ९ सय बढी घर परिवार विस्थापित वनेका थिए ।
प्रायः सबै जसो संघसँस्था सहरमुखी भएका कारण घरवारविहीन बनेका त्यस क्षेत्रका बाढी पीडितहरुले अहिलेपनि उचित राहात पाउन नसकेको मेयर नविन राईले जानकारी दिए ।
नेपाली जनसम्पर्क समिति डेनमार्कका निवर्तमान अध्यक्ष आर्चायले त्यहाँ बसोवास गर्दै आएका नेपालीहरुले संकलन गरेको ६ लाख ५० हजार रुपैयाँले झापा र सुनसरी जिल्लाका बाढी पीडितहरुलाई पनि यस्तो प्रकारको राहत सामग्री यस अघि वितरण गरिएको थियो ।
प्रतिक्रिया 4