Comments Add Comment

जनकपुरको मेयरमा संघीय फोरमले विष्णुदेव साहलाई उठाउने

यस्ता छन् दोस्रो चरणका २९ स्थानीय तहका उम्मेदवारको सूची

१९ भदौ, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले दोस्रो चरणमा २९ स्थानीय तहका उम्मेवारहरुको सूची सार्वजनिक गरेको छ । फोरमले २ नम्बर प्रदेशका अन्य स्थानीय तहका उम्मदेवारहरुको सूची यसअघि नै सार्वजनिक गरिसकेको छ ।

संघीय फोरमले जनकपुर उपमहानगरपालिकाको मेयरमा विष्णुदेव साहलाई टिकट दिएको छ । साथै उपमेयरमा रीताकुमारी यादवलाई उठाउने सो पार्टीले निर्णय गरेको छ ।

महोत्तरीको गौशाला नगरपालिकाको मेयरमा फोरमले महिलालाई उठाउने निर्णय गरेको छ । त्यहाँको मेयरमा रामकुमारी महतोले टिकट पाएकी छिन् भने उपमेयरमा रमेशकुमार यादव उम्मेदवार बनेका छन् ।

सिराहाको मिर्चैया नगरपालिकाको मेयरमा जामुन यादवले टिकट पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment