Comments Add Comment

दबंग गर्लको फिटनेस राजः के खान्छिन्, के गर्छिन् ?


‘दबंग गर्ल’ सोनाक्षी सिन्हा धेरैको निम्ती आदर्श हुनसक्छ, जसले आफ्नो भद्दा र अस्वभाविक मोटो शरीरलाई ‘स्लिम’ बनाइन् । बलिउड डेब्यु गर्नुअघि उनी यस्ती देखिन्थिन् कि, जसमा बलिउडले खोज्ने जस्तो अभिनेत्रीको ज्यान थिएन । तर, सलमान खान स्टारर दबंगबाट बलिउड इन्ट्रि गर्ने बेलासम्म उनले आफ्नो शरीरबाट तीस किलो तौल घटाए । र, यतिबेला पत्याउन गाह्रो हुन्छ कि, सोनाक्षी कुनैबेला मोटी थिइन् ।

कसरी घटाइन् त ज्यान ?

सोनाक्षीले एक अन्र्तवार्तामा भनेकी छिन्, ‘तौल घटाउन सजिलो थिएन । किनभने मलाई जिम मन नै नपर्ने । मलाई जिमबाट एलर्जी थियो, त्यसैले जिम गर्न हच्किन्थे । ‘

वास्तवमा सोनाक्षीले त्यस अवधीमा यस्तो फिगर पाउनका लागि निकै मिहेनत गरिन् । उनले आफ्नो खानपानमा खास ध्यान दिइन् । त्यससँगै व्यायाम र शारीरिक सक्रियताले उनलाई तौल घटाउन सहयोग गर्‍यो ।

उनले तौल घटाउनका लागि बिहान वेट लस ट्रेनिङ लिइन् । त्यसैले सोनाक्षीको तौल घटाउन सहयोग गर्‍यो । उनी हप्तामा पाँच दिन वेट लस ट्रेनिङ गर्छिन् ।

योग


सोनाक्षीले योगलाई आफ्नो जीवनशैलीकै एक हिस्सा बनाएकी छिन् । उनी हप्तामा तीन दिन योग गर्छिन् ।

कस्तो छ त सोनाक्षीको खानपान ?

सोनाक्षीको तन्दुरुस्ती र सौन्दर्यको राज उनको खानपान पनि हो । उनी नियमित र सन्तुलित खानपानमा जोड दिन्छिन् ।

ब्रेकफास्ट

सोनाक्षी आफ्नो ब्रेकफास्टमा कर्नफ्लेक्स र दुध वा ब्रेड टोस्ट खान्छिन् । कहिले कहि उनी कर्न पनि खान्छिन् । यसबाट उनलाई पर्याप्त कार्बोहाइड्रेट र प्रोटिन मिल्छ ।

ब्रेकफास्ट पछि

सोनाक्षी बिहानको ११ बजे केहि ड्राइ फुड्स र ग्रीन टि पिउँछिन् ।

लन्च

लन्चमा उनी रोटी र सब्जी,फ्रेन्च  सलाद खान्छिन् ।

साँझको नास्ता

साँझको समयमा सोनाक्षी एक कचौरा फल सेवन गर्छिन् । साथै एक कप ग्रीन टि पनि ।

डिनर

सोनाक्षी राती सुत्नुअघि लगभग चार घन्टाअघि डिनर लिन्छिन् । डिनरमा उनी चामल, दाल, सब्जी र सलाद सेवन गर्छिन् । सोनाक्षी ग्रीन टि र पानी पनि पर्याप्त पिने गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment