Comments Add Comment

उपप्रधानमन्त्री महरा पर्सि चीन जाने


१९ भदौ, काठमाडौ । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा बुधबार चीन भ्रमणमा जाने भएका छन् ।

महरा चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा बेइजिङ जान लागेका हुन् । उनले चिनियाँ विदेशमन्त्रीका साथै चिनियाँ उच्च नेताहरुलाई भेट्ने कार्यक्रम छ ।

महराले ग्वान्झाओमा स्थापना भएको नेपालको महावाणिज्य दूतावासको उदघाटन गर्ने कार्यक्रम पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उपप्रधान तथा परराष्ट्र मन्त्री महराले ग्वान्झाओका उद्योगीका साथै प्रदेशका नेताहरुलाई पनि भेट्नेछन् । महरा २६ गते स्वदेश फर्कनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment