+

ताजकिस्तानविरुद्ध कम्तिमा बराबरी खेल्ने नेपालको रणनीति

२०७४ भदौ  १९ गते १६:५४ २०७४ भदौ १९ गते १६:५४
ताजकिस्तानविरुद्ध कम्तिमा बराबरी खेल्ने नेपालको रणनीति


१९ भदौ, काठमाडौं । नेपालले भोलि ताजकिस्तानविरुद्ध उत्रँदा कम्तिमा बराबरी खेल्ने र एसियन कपमा छनोटको सम्भावना कायमै राख्ने रणनीति लिएको छ । यद्यपि नेपालको पहिलो प्रयास जितको हुनेछ ।

एएफसी एसियन कप २०१९ को छनोट चरणमा भोलि नेपाल र ताजकिस्तान भिड्दैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा नेपालको पहिलो प्रयास जितको हुनेछ । सोमबार आयोजित पि्र-म्याच कन्फ्रेन्समा प्रशिक्षक ग्योतोकु कोजीले भने, ‘यदि जित्न सकेनौं भने एक अंक जोड्ने प्रयास हुनेछ ।’

एसियन कप छनोटको सम्भावनाका लागि भोलिको खेल महत्वपूर्ण भएको बताउँदै उनले भने, ‘मैले ताजकिस्तानको खेल हेरेको छु र उनीहरुको प्रदर्शनको विश्लेषण गरेको छु । तर, उनीहरुले त्यस्तै खेल्छन् भन्ने छैन । उनीहरुले कसरी खेल्छन् हेर्छौं र त्यस अनुसार रणनीति बनाउँछौं ।’

कोजीले झण्डै डेढ वर्षदेखि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्दै आएका छन् । हालै मात्र नेपाली टोलीले १० दिन जापानमा अभ्यास गरेर फर्किएको छ ।

ताजकिस्तानका प्रशिक्षक फुजाइलोभ खाकिमले पनि भोलिको खेल निकै महत्वपूर्ण भएको बताए ।

खाकिमको टोलीले छनोट चरणका सुुरुवाति चरणका दुबै खेल गुमाएको छ ।

एसिया कपमा छनोटको सम्भावना जिवित राख्न नेपालविरुद्ध जित निकाल्नु पर्ने उनले बताए । उनले भने, ‘हामीले यमनविरुद्ध नेपालको खेल हरेका छौं र उनीहरुले कडा प्रतिपर्धा गरेका थिए । मलाई लाग्छ दुबै टिमलाई अंक चाहिएकाले भोलिको खेल दुबैका लागि प्रतिस्पर्धात्मक हुनेछ ।’

यद्यपि घरेलु टोलीविरुद्ध खेल्नु पर्ने भएकाले आफ्नो टोली दबावमा नहुने उनको दाबी छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय