+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

नीराजनसँग साहारा माग्दै रीमा

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १९ गते १७:१३


‘साहारा देउ तिम्रो न्यानो अंगालोमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा मोडलद्धय निराजन प्रधान र रीमा विश्वकर्मा अभिनित भिडियो रिलिज गरिएको हो । एसियन म्यूजिकले बजार प्रवर्द्धन गरेको यो गीतमा निक्सोन लिम्बु र मेलिना राइको स्वर छ ।

जितेन लेप्चाको शब्द तथा संगीत रहेको गीतको भिडियोलाइ रमणिय स्थानमा खिचिएको छ । भिडियोको निर्देशन विभोर पोख्रेलले गरेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन, मिलन शंकरको छायांकन छ ।

कार्यक्रममा बोल्दै निर्देशक पोख्रेलले भिडियोलाइ आकर्षक बनाउने कोशिश गरेको भन्दै सबैले मन पराउने विश्वास व्यक्त गरे । एसियन म्यूजिकका प्रमुख इश्वर गुरुङले विदेशी बजारमा नेपाली गीतसंगीतलाइ प्रवर्द्धन गर्न आफूहरु लागिपरेको र सफलता नजिक पुगेको बताए । कार्यक्रमका प्रमुख अतिथी संगीतकार राजु सिंहले गीत राम्रो बनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?