+
+

आचारसंहिता विपरित गरिएका कर्मचारी सरुवा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १९ गते २१:१५

१९ भदौ, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता विपरित गरेका कर्मचारी सरुवा स्थगित गरेको छ ।

जथाभावि कर्मचारी सरुवा गरेपछि चौतर्फी आलोचना भएको थियो । निर्वाचन आयोगले पनि मन्त्रालयलाई पत्र लेखेर सरुवा रोक्न निर्देशन दिएको थियो ।

सामान्य प्रशासन मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी नमराज घिमिरेले अनलाइनखबरसँग भने, ‘निर्वाचन आयोगले अहिलेलाई कार्यान्वयन नगर्नू भनेकाले स्थगित गरिएको छ ।’

निर्वाचन आयोगले यही भदौ १६ र १८ गते सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेर सरुवा रोक्न भनेको थियो । सामान्यले पनि निर्वाचन आयोगलाई पत्र लेख्दै निर्णयहरु स्थगित भएको जानकारी दिएको छ । पत्रमा लेखिएको छ, ‘२०७४/५/१२ र २०७४/५/१४ मा भएका सरुवा/काज/कामकाज सम्बन्धी निर्णयहरु स्थगित गरिएको व्यहोरा नेपाल सरकार सचिवस्तरको मिति २०७४/५/१८ को निर्णयानुसार अनुरोध छ ।’

असोज २ मा स्थानीय चुनाव हुन लागेको प्रदेश नम्बर २ मा यही भदौ १ गतेदेखि नै निर्वाचन आचारसंहिता लागू भएको छ । तर, सामान्यले त्यसपछि पनि कर्मचारीहरु व्यापक सरुवा गरेको थियो ।

हेर्नुहोस् सरुवा स्थगितको पत्र 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?