Comments Add Comment

युनिलिभरको नेपालमा २५ वर्ष पूरा, ग्लोबल सीइओ नेपालमा

२० भदौ, काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभरले नेपालमा आफ्नो सेवा सञ्चालनको २५ वर्ष पूरा गरेको छ ।

युनिलिभर नेपाल लिमिटेड सञ्चालनको २५ औं वार्षिक उत्सव मनाउन युनिलिभरका प्रमुख कार्यकारी अधिकृत पौल पोलम्यानले सोमबार नेपाल भ्रमणमा आएका छन् ।

भ्रमणका क्रममा सीइओ पोलम्यानले प्रधानमन्त्री शेरवहादुर देउवासँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । पोलम्यानको साथमा युनिलिभर दक्षिण एसियाका कार्यकारी उपाध्यक्ष सञ्जीव मेहता तथा युनिलिभर नेपालका अध्यक्ष प्रदिप बनर्जी पनि रहेका छन् ।

युनिलिभरका प्रमुख कार्यकारी अधिकृतको भ्रमणले युनिलिभरको स्थानीय व्यवसाय र नेपाली जनताप्रतिको प्रतिवद्धता प्रदर्शित गर्ने युनिलिभर नेपालले जनाएको छ । स्थानीय उत्पादन क्षमता बढाएर मुलुकमा पुँजीगत लगानी वृद्धिलाई कम्पनीले निरन्तरता दिनेमा प्रमुख कार्यकारी अधिकृत पोलम्यानले पुनः जोड दिएका छन् ।

उनले भने– ‘नेपालमा हाम्रो व्यवसायलाई थप बलियो बनाउन र स्थिर, प्रतिस्पर्धात्मक, नाफामुलक र जिम्मेवारीयुक्त वृद्धिलाई निरन्तरता दिने हाम्रो प्रयास हो ।’

सीइओ पोलम्यानले ११ र १२ कक्षामा अध्ययनरत १० जना विपन्न परिवारका छात्राहरुलाई दुई वर्षका लागि हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नका लागि माइती नेपाल नामको एक गैरसरकारी संस्थासँगको सहकार्यमा स्थापित ‘फेयर एण्ड लभ्ली फाउण्डेशन’ को उद्घाटन पनि गरेका छन् । यो फाउन्डेसनबाट यसका अतिरिक्त माइती नेपालका महिलाहरुले यूनिलिभरको मुल्य श्रृंखलामा रोजगारको अवसर पाउन सकुन भन्ने हेतुले उनीहरुलाई व्यवसायिक सीपसम्वन्धी तालिम प्रदान समेत गरिनेछ ।

युनिलिभर नेपाल आज मुलुककै सबैभन्दा ठूला स्थानीय उत्पादक कम्पनीहरु मध्ये एक भएको छ जसको एउटा उत्पादन एकाई र चारवटा प्याकेजिङ्ग गर्ने सह एकाईहरु छन । कम्पनीले २४३ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ भने यसको मूल्य श्रृंखलामा आवद्ध २० हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।

युनिलिभर नेपालले पारेको सबैभन्दा ठूलो प्रभाव यसको उद्देश्य निर्देशित व्राण्डको अभियान हो । यूनिलिभर नेपालले ‘स्वस्थ र सक्षम नेपाल’ नामको अभियानअन्र्तगत उद्देश्य निर्देशित व्राण्डहरु मार्फत स्वस्थ जीवनयापनमा सुधार ल्याउने र जीवनस्तर उकास्ने उद्देश्य राख्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment