Comments Add Comment

उम्मेदवार चयनमा असन्तुष्टि जनाउँदै एमाले सांसद धर्नामा

पर्सामा कार्यालय सचिवमाथि हातपात

२० भदाै, वीरगन्ज । एमाले पर्सामा उम्मेदवार चयनमा एमालेभित्र चरण असन्तुष्टि देखिएको छ ।

उम्मेदवार चयनमा असन्तुष्टि जनाउँदै एमालेकातर्फबाट सांसद बनेका विचारी यादव नै धर्नामा बसेका छन् ।

वीरगन्ज महानगरपालिकाको वडा नं. २० मा रामकिशोर परागलाई उम्मेदवार बनाउनु पर्ने माग राख्दै पर्सा-२ का सांसद विचारी यादवलेले रामगढ्बास्थित पार्टी कार्यालय अघि धर्नामा बसेका हुन् ।

वडा कमिटीको सिफारिस र सांसदको सल्लाह नमानी शत्रुधन शुक्लालाई उम्मेदवार बनाउने निर्णय भएको भन्दै सांसद यादवले आपत्ती जनाइएका छन् ।

सांसद यादवले आफ्नो भनाइ प्रदेश अध्यक्ष सत्य नारायण मण्डल समक्ष राखेकोबताएका छन् ।

धर्ना दिन कार्यालयमा पुगेका यादव नेतृत्का कार्यकर्ताहरुले कार्यालय सचिवव गङगा खड्का र सचिवालय सदस्य पुरेन्ऽ किशोर लाभलाई कार्यालय हातपात गरी बाहिर निकालेका थिए ।

आफूहरुलाई धर्नामा बस्न आएकाहरुले कार्यालय भित्र हातपात गरी बाहिर निकालेको सचिवालय सदस्य लाभले पुष्टि गरे ।

आइतबारदेखि असन्तुष्ट पर्सा ३ का अर्का सांसद राजकुमार गुप्ताले पार्टीले आफ्नो निर्णय सच्याएको जानकारी दिएका छन् ।

पर्सागढी नगरपालिकाको मेयरमा अब गोकर्ण पाठक र उपमेयरमा कालीदेवी थरुनीलाई उम्मेदवार बनाउने भएको छ ।

आइतबार मेयर उम्मेदवारमा हृदयनारायण साहलाई बनाउने निर्णय गरेको थियोे । यसैगरी बहुदरामाइ र बिन्ध्यबासनी गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार पनि फेरिने सहमति भएको सांसद गुप्ताले बताए ।

एमालेले पर्सामा महानगरका ८ वडा बाहेक आइतबार १३ वटै स्थानीय तहकाका उम्मेदवारको निर्णय गरेको थियोे ।

महेस दासबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment