Comments Add Comment

लेखा समितिको सार्वजनिक सुनुवाईमा दुई मन्त्री गएनन्, सभापति भन्छन्- स्पष्टीकरण लिन्छौं

२० भदौ, भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बेलहिया-बुटवल ६ लेन व्यापारिक मार्गको विषयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा अनुपस्थित सरकारका दुई मन्त्रीलाई सार्वजनिक लेखा समितिले स्पष्टीकरण लिने भएको छ । समितिले पर्यटनमन्त्री जितेन्द्र देव र भौतिक पूर्वाधार मन्त्री बिरबहादुर बलायरलाई स्पष्टीकरण लिने भएको हो ।

राष्ट्रिय गौरवको गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बेलहिया-बुटवल सडकको स्थलगत अनुगमन गरेपछि भैरहवामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले दुवै मन्त्रीहरु औपचारिक जानकारी नै नगराई अनुपस्थित भएकाले स्पष्टीकरण लिइने बताए ।

‘हामीले आज पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री र भौतिक पुर्वाधार मन्त्रालयका मन्त्रीलाई कार्यक्रममा सहभागि हुन भनेका थियौं तर उहाँहरु आउनु भएन । यो गम्भिर विषय हो,’ सभापति उपाध्यायले भने, ‘यस विषयमा अब मन्त्रीस्तरीय बैठक गर्नैपर्छ र आजको कार्यक्रममा के कारणले सहभागी नहुनुभएको हो भनेर उहाँहरुसँग स्पष्टीकरण लिन्छौं ।’

विमानस्थल र बेलहिया-बुटवल ६ लेन व्यापारिक मार्गको निर्माणकार्यमा ढिलासुस्ती भएपछि समितिको २८ सदस्यीय टोली अनुगमन गर्न केही दिनयता भैरहवामा छ । लेखा समितिको बैठक पनि यतै बस्दै आएको छ । मंगलबारको सार्वजनिक सुनुवाई कार्यक्रम समापन भएपछि पनि लेखा समितिको बैठक बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment