Comments Add Comment

लक्ष्मीनारायण बने जनकपुरको मेयरमा एमाले उम्मेदवार

धनुषाका १८ स्थानीय तहका उम्मेदवारको नाम सार्वजनिक

२० भदौ, काठमाडौं । नेकपा एमालेले जनकपुर उपमहानगरपालिकाको मेयरमा लक्ष्मीनारायण भगतलाई उम्मेदवार बनाएको छ ।

स्थायी कमिटी बैठकले जनकपुरको मेयर उम्मेदवार चयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको थियो । ओलीले स्थानीय पार्टी कमिटीको सल्लाह अनुसार भगतलाई उम्मेदवार तोकेका हुन् ।

उपमेयरमा पुनमकुमारी मिश्रलाई एमालेले उम्मेदवार बनाएको छ । यसैबीच धनुषाका १८ स्थानीय तहका उम्मेदवार समेत मंगलवार साँझ सार्वजनिक गरिएको छ ।

धनुषा (१८)

जनकपुर उपमहानगरपालिका

प्रमुख: लक्ष्मीनारायण भगत, उपप्रमुख: पुनमकुमारी मिश्र

हसपुर नगरपालिका

प्रमुख: सुशील साह, उपप्रमुख: किरणकुमार यादव

धनुषाधाम नगरपालिका

प्रमुख: योगकुमार यादव, उपप्रमुख: अम्बिका विश्वकर्मा

विदेह नगरपालिका

प्रमुख: राजकिशोर यादव, उपप्रमुख: आशादेवी झा

मिथिला बिहारी नगरपालिका

प्रमुख: अनिल यादव, उपप्रमुख: अनिताकुमारी साह

मिथिला नगरपालिका

प्रमुख: हरिनारायण महतो, उपप्रमुख: तारा बस्नेत लामा

नगराईन नगरपालिका

प्रमुख: रामबाबु साह, उपप्रमुख: राधिका यादव

कमला नगरपालिका

प्रमुख: दिपेन्द्र यादव, उपप्रमु: गायत्रीदेवी महतो

क्षिरेश्वरनाथ नगरपालिका

प्रमुख: हरिनारायण यादव, उपप्रमुख: यशोदाकुमारी यादव

शहिदनगर नगरपालिका

प्रमुख: जयप्रकाश यादव सुनरैत, उपप्रमुख: मिना मण्डल

सबैला नगरपालिका

प्रमुखः…, उपप्रमुख: इन्दु गुप्ता

चारनाथ गणेशमान नगरपालिका

प्रमुख: बेचन साह, उपप्रमुख: मञ्जु लामा

बटेश्वर गाउँपालिका

अध्यक्ड: म्बरबहादुर राउत, उपाध्यक्ष: इन्दिरा सिंह दनुवार

लक्ष्मीनियाँ गाउँपालिका

अध्यक्: राजकिशोर यादव, उपाध्यक्: भौली यादव

औरही गाउँपालिका

अध्यक्ष: उमाशंकर साह, उपाध्यक्ष: नन्दकुमारी ठाकुर

मुखियापट्टि मुसरनियाँ गाउँपालिका

अध्यक्ष: मनोजकुमार यादव, उपाध्यक्ष: मिरादेवी महतो

धनौजी गाउँपालिका

अध्यक्: राजकुमार, उपाध्यक्ष: इन्दिला यादव

जनकनन्दनी गाउँपालिका

अध्यक्ष: धितेन्द्रलाल दास, उपाध्यक्ष: गीता साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment