Comments Add Comment

आर्थिक समाचारः दुई अर्ब ८१ करोडको बीमा दाबी

२१ भदौ, काठमाडौं । साउन अन्तिम साताको बाढी र पहिरोले ठूलो क्षति पुर्याएपछि बिमा कम्पनीहरुमा एक अर्ब ८१ करोडको बीमा दाबी परेको छ ।

तराईमा आएको बाढीका कारण क्षति पुगेका बिमितले बीमा गरेको कम्पनीसँग यो बीमा दाबी माग गरेका छन् । बाढीयता करिब तीन साताको अवधिमा १६ वटा निर्जीवन बीमा कम्पनीमा पाँचसय ३० वटा बिमितहरुले एक अर्ब ८१ करोड नौ लाख ६७ हजार रुपैयाँ बीमा दाबी गरेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताएको अन्नपूर्ण दैनिकले लेखेको छ ।

दुई अर्ब ८७ करोडको बीमा दावीलाई अन्नपूर्ण दैनिकले मुख्य समाचार बनाएको छ । विराटनगर जुटमिल फेरि सञ्चालन तयारीलाई पनि अन्नपूर्णले लेखेको छ ।

अन्तर्राष्ट्रिय हवाई यात्रु गुमाउदै नेवानि भन्ने खबर अन्नपूर्णमा छापिएको छ ।

युवा स्वरोजगार कोषको लगानी सन्दर्भमा ५८ करोड असुलीमा समस्यालाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । ब्याज बढाउन तीन महिने सीमा भन्ने खबर नागरिकमा छापिएको छ ।

वर्षैभरि बजेट, कार्यान्वयन कहिलेलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । पञ्चेश्वरको डीपीआरलाई अन्तिम रुप दिइँदैलाई पनि कारोवारले लेखेको छ । स्वदेशी काठ घाट गद्दीमै अलपत्र भन्ने खबर कारोबारमा छापिएको छ ।

राष्ट्रिय गौरवका सबै आयोजनाले पूरा गरेनन् लक्ष्यलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । जिएमआरले माथिल्लो कर्णालीमा लगानी जुटाउन सकेनलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment