+
+

मन्द बिष अजिनोमोटोले यसरी असर गर्छ स्वास्थ्यमा

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २१ गते ११:०१

रेष्टुरेन्टकको मम होस् वा चाउमिनदेखि प्याकेट बन्द चाउचाउ, चिप्स, फास्टफूड, टोमेटो ससहुँदै अजिनोमोटो हाम्रो भान्समा प्रवेश गरिसकेको छ । अजिनोमोटो, जसले खानेकुराको स्वाद बढाउँछ । तर, स्वस्थ्यकर भने होइन ।

अजिनोमोटोको प्रयोगले शरीरमा इन्सुलिनको मात्रा बढ्छ । जब अजिनोमोटोयुक्त खानेकुरा सेवन गरिन्छ, रगतमा ग्लूटामेटको स्तर बढ्छ । यहि कारण शरीरमा गंभरि असर पर्छ ।

यसलाई मन्द विष समेत भनिन्छ । किनभने अजिनोमोटोले क्रमस शरीरका विभिन्न अंगका कार्यक्षमतालाई कमजोर बनाउँदै लान्छ । खासगरी यसले आँखाको रेटिनामा नोक्सान पुर्‍याउँछ । थाइरायड र क्यान्सर जस्ता रोगलाई समेत निम्त्याउँछ ।

के हो अजिनोमोटो

यसलाई मोनोसोडियम ग्लूटामेटको नामले चिनिन्छ । खासगरी चीनको अधिकांश खानेकुरामा यसको प्रयोग हुन्छ । धेरैजसो फास्टफूडमा अजिनोमोटो प्रयोग गरिन्छ ।

अजिनोमोटोले टाउको दुख्ने, अधिक पसिना आउने, चक्कर लाग्ने जस्ता समस्या निम्त्याउँछ । यदि यसको अधिक प्रयोग गरिएको छ भने त्यसले मस्तिष्कलाई समेत असर पुर्‍याउँछ ।

अजिनोमोटोको प्रयोगले शरीरमा पानीको मात्रा कम हुन्छ । अनुहार सुन्निन सक्छ । सास फेर्न गाह्रो हुने, छाती दुख्ने, थकान लाग्ने, तल्लो पेट दुख्ने, पखला लाग्ने जस्ता समस्या पनि यसले निम्त्याउँछ ।

गर्भको बच्चालाई गंभिर हानी

खासगरी गर्भवतीले अजिनोमोटोको सेवन गर्नै हुन्न । किनभने यसले गर्भवती र गर्भको बच्चाबीच खाद्य अपूर्तीमा अवरोध पैदा गर्छ । साथै मस्तिष्कको न्युरोन्समा पनि नराम्रो असर पार्छ । यसले शरीरमा सोडियमको मत्रा बढाउँछ, जसले रक्तचाप बढ्ने खतरा रहन्छ । साथसाथै खुट्टा सुन्निने भय पनि हुन्छ ।

माइग्रेन- अजिनोमोटोयुक्त खानेकुराको नियमित सेवनले माइग्रेन पैदा गर्न सक्छ ।
छातीमा असर- अजिनोमोटोको सेवनले छाती दुख्ने, मुटुको धड्कन बढ्ने समस्या हुन्छ ।

मोटोपन- अजिनोमोटोयुक्त खानेकुराको सेवनले मोटोपन बढ्न सक्छ । हाम्रो शरीरमा रहेको लेप्टिन हर्मोन, जसले शरीरमा अधिक भोजन सेवन रोक्नका लागि मस्तिष्कलाई संकेत गर्छ । अजिनोमोटोले त्यसैलाई प्रभाव पार्छ र व्यक्तिले ओभरडाइट गर्छन् । यसले मोटोपन बढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?