Comments Add Comment

नेपाल इन्भेष्टमेन्टको ४० प्रतिशत लाभांश प्रस्ताव, चुक्ता पुँजी ११ अर्ब नजिक


२१ भदौं, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सेयर लगानीकर्तालाई ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंकले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकको भदौं २१ गते बसेको सञ्चालक समितिको बैठकले यो प्रस्ताव गरेको हो ।

बैंकको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र बैंकको आफ्नो साधारण सभाबाट पारित हुन बाँकी छ । ३ अर्ब १६ करोड नाफा कमाएको बैंकको त्यस आधारमा लाभांश क्षमता २७ प्रतिशत रहेको थियो । बैंकले बाड्न योग्य सञ्चिती रकमबाट पनि लाभांश दिएको देखिन्छ ।

हाल ९ अर्ब ३४ करोड चुक्ता पुँजी रहेको बैंकको बोजस सेयर वितरण पछि भने पुँजी १० अर्ब ६२ करोड पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment