प्रदर्शन मिति तय भएसँगै चलचित्र ‘मंगलम’को प्रचारलाइ निर्माता छविराज ओझाले आक्रामक तबरले अगाडि बढाएका छन् । मंगलबार चलचित्रको फस्टलुक सार्वजनिक गरिएको थियो भने वुधबार यसको पहिलो गीत सार्वजनिक गरिएको छ ।
लोक शैलीको यो गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर, दीपक शर्माको शब्द तथा संगीत छ । यो गीतको भिडियोलाइ कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
चलचित्रको यो गीतको भिडियोमा मुख्य कलाकार शिल्पा पोख्रेल र पुष्प खड्कालाइ फिचरिङ गरिएको छ । चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइ, नीर शाह, मिथिला शर्माको पनि मुख्य भूमिका छ ।
चलचित्रमा विष्णु घिमिरेको छायांकन, गोविन्द फूयाँलको शब्द, मित्रदेव गुरुङको सम्पादन, गोविन्द र नवल नेपालको संवाद छ । छविराज ओझाको निर्माणमा तयार भएको चलचित्रलाइ नवल नेपालले निर्देशन गरेका हुन् ।
यो गीतको भिडियोलाइ निकै आकर्षक बनाइएको छ । शिल्पा र पुष्पल नेपाली पहिरनमा आकर्षक देखिएका छन् । असोज ११ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।
प्रतिक्रिया 4