१४ असोज, काठमाडौं । तीन दिन लगातार घटेको सुनचाँदीको भाउ आज बुधबार बढेको छ ।
हिजो मंगलबार प्रतितोला ३ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला २ हजार ८ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघ अनुसार आज सुन तोलाको २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै मंगलबारको तुलनामा आज बुधबार चाँदी पनि प्रतितोला ३० रुपैयाँ बढेको छ ।
मंगलबार तोलाको ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ४ हजार ४ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4