+
+
Shares

एकैदिन तोलामा ५ हजारले घट्यो सुन, चाँदीको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते ११:५९

१२ असोज, काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ  प्रतितोला ५ हजार रुपैयाँ र चाँदी १ सय ४५ रुपैयाँले घटेको हो ।

शुक्रबारको तुलनामा हिजो आइतबार प्रतितोला ७ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार पनि घटेर २ लाख ९४ हजार ३ सय रुपैयाँ कायम छ ।

चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?