+
+
Shares

डा.गोविन्द केसीको अनसन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २१ गते १८:०९

२१ भदौ, काठमाडौं । त्रि.वि शिक्षण अस्पताल, महाराजगञ्जका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीको अनसन स्थगित भएको छ ।

डा. केसीले चाडपर्वलाई मध्यनजर गरी अनसन स्थगित गरेको जनाइएको छ ।

साथै त्रि.वि कार्यकारी परिषद्को वैठकले काठमाडौको घट्टेकुलोस्थित नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गरेसँगै डा. केसीले बुधबारदेखि बस्ने भनेको १२ औ अनसन स्थगित गरेका हुन् ।

उनले गत भदौ ११ गते प्रेस विज्ञप्ती जारी गरी नेशनल कलेजको सम्बन्ध खारेज नगरे यही भदौ २१ गतेदेखि १२ औं आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?