Comments Add Comment

‘म यस्तो गीत गाउँछु २’को घोषणा, पल र पूजाकै जोडी पर्दामा


चलचित्र सफल भएपछि त्यसको सिक्वेल बनाउने प्रचलन नेपाली चलचित्र वृत्तमा खुबै बढेको छ । एकपछि अर्को चलचित्रको पछाडि २ थपेर निर्माताले ब्रान्डलाइ बजारमा ल्याइरहेको समयमा निर्देशक सुदर्शन थापाले पनि यो बर्षको हिट चलचित्र ‘म यस्तो गीत गाउँछु’को सिक्वेल बनाउने घोषणा गरेका छन् ।

आफ्नो जन्मदिनमा वुधबार बेलुकी केक काट्दै उनले सिक्वेल निर्माणको घोषणा गरे । यो चलचित्रमा ‘म यस्तो गीत गाउँछु’ कै कलाकार नायिका पूजा शर्मा र नायक पल शाहको मुख्य भूमिका रहनेछ । साथमा नायक सलोन बस्नेत पनि यो चलचित्रको मुख्य भूमिकामा रहनेछन् ।

चलचित्रको छायांकन माघ महिनाबाट सुरु हुने सुदर्शनले जानकारी दिए । यस्तै, उनले अब हरेक बर्ष २ वटा चलचित्र बनाउने बताए । ‘म यस्तो गीत गाउँछु २’ पछि अर्को एक अनटाइटल प्रोेजेक्टमा पनि काम भैरहेको उनले बताए । यो चलचित्र भने डान्सको कथामा बन्नेछ । नायिका पूजा शर्माले ‘म यस्तो गीत गाउँछु २’को निर्माण र अभिनय एकसाथ अगाडि बढाउन पाउँदा खुशी लागेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment