Comments Add Comment

मुम्बई हमलाका मुख्य आरोपीलाई जन्मकैद, अन्य दुईलाई फाँसीको सजाय

२२ भदौ, काठमाडाैं । भारतको मुम्बईमा २४ वर्षअघि भएको शृङखलाबद्ध बम बिष्फोटका अभियुक्तलाई भारतको बिशेष टाडा अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको छ ।

घटनाका मुख्य अभियुक्तसहित २ जनालाई जन्मकैद र २ जनालाई फाँसीको सजाय सुनाइएको छ ।

बम बिष्फोटनका मुख्य अभियुक्त मानिएका अण्डरवर्ल्ड डन अबू सलेमलाई जन्मकैदसहित २ लाख जरीवानाको सजाय सुनाइएको छ ।

यससँगै अभियुक्तहरु ताहिर मर्चेन्ट र फिरोज खानलाई फाँसी र करिमुल्लाह शेखलाई जन्मकैदको सजाय सुनाइएको छ । अर्का एक दोषी मुस्तफा दोसाको हर्टएट्याक्टका कारण मृत्यु भइसकेको छ ।

सन् १९९३ को मार्च १२ मा मुम्बईमा शृङखलाबद्ध बिष्फोट गराइएको थियो । त्यस घटनामा २५७ जना मारिएका थिए भने ७०० भन्दा बढी मानिस घाइते भएका थिए । यस हमलामा दोषी पाइएका माफिया डन अबू सलेम, मुस्तफा दोषा, मोहम्मद ताहिर मर्चेट, करिमुल्लाह खान, रियाज सिद्दिकी र फिरोज अब्दुल रशिद खानालाई सन् २००५ मा पोर्चुगलबाट सुपुर्दगी गरिएको थियो ।

पोर्चुगल र भारतबीचको सुपुर्दगी सन्धीका कारण हमलाका मुख्य योजनाकार सलेमको सजाय कम भएको भारतीय मिडियाले जनाएका छन् ।

यस हमलामा संलग्न रहेकोमा दोषी ठहर भएपछि बलिउड अभिनेता सञ्जय दत्तले जेलको सजाय भोगिसकेका छन् । मुम्बई हमलामा अदालतले १०० जनाभन्दा बढीलाई दोषी ठहर गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment