Comments Add Comment

अस्ट्रेलियाको अन्तर्रास्ट्रिय विद्यार्थी पुरस्कारको सूचीमा नेपालका याम धिताल

७ सेप्टेम्बर, सिड्नी । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकारले यो वर्षको अन्तर्रास्ट्रिय  विद्यार्थी पुरस्कारका सम्भावित विजेता व्यक्ति तथा सँस्थाहरुको अन्तिम सूची प्रकाशित गरेको छ ।

जम्मा एक दर्जन विद्यार्थी र आधा दर्जन सँस्थाहरु अन्तिम सूचिमा छन् । बिहीबार यहाँका आधारभूत उद्योग, क्षेत्रीय जल र ब्यापार तथा उद्योगमन्त्री निल ब्ल्यरले यो घोषणा गरेका हुन् ।

बिजेताहरु भने आगामी सेप्टेम्बर २२ मा यहाँको सरकारी भवनमा बिशेष समारोह आयोजना गरी घोषणा गरिने बताइएको छ ।

यो वर्ष अन्तिम सूचिमा परेका १८ विद्यार्थी तथा सँस्थाहरुमा एक जना नेपाली विद्यार्थी पनि छन् ।

उनी हुन् गत वर्ष सिड्नीको पश्चिमी भित्री सब अर्ब अस्फ्रिल्डमा आगलागीको चपेटामा परेको एक परिवारलाई सहयोग गरी उनीहरुका नाबालक छोराको ज्यान बचाउने याम धिताल ।

उनले आगलागीमा परेको परिवारलाई बचाउन तत्काल प्रहरीलाई खबर गर्नुका साथै प्रहरी आउनु अघिनै दुईतला माथिबाट सुरक्षित रुपमा नाबालकलाई जमिनमा ल्याई पुर्‍याएका थिए ।

उनी अहिले यहाँको स्थानीय शिक्षालयमा अन्तर्रास्ट्रिय विद्यार्थीका रुपमा अध्ययनरत छन् । न्यू साउथ वेल्सको अन्तर्रास्टि्रय शिक्षा सल्लाहाकार बोर्ड तथा सिड्नी विजनेस च्याम्बरका कार्यकारी निर्देशक प्याटि्रसिया फोर्सिथले भनिन्,’अन्तिम सूचिमा परेका धेरै जसो चीन, नेपाल ,भिएतनाम , इन्डोनेसिया , जापान , होङ्कोङ्ग, पूर्वी टिमोर लगायत एसियाली मुलुकका छन् तर इजिप्ट र तान्जानिया लगायतका देशबाट पनि प्रतिनिधित्वो भएको छ । उनीहरु सबै आफ्ना बिद्यालय, विश्व विद्यालयमा समूहगत क्रियाकलाप र स्वयमसेवाबाट सामाजिक सम्बन्ध निर्माण गर्न प्रतिबद्द छन् ।’

उनले २०१६ मा दुई लाख ६७ हजार अन्तर्रास्ट्रिय विद्यार्थी भर्ना भएको बताउँदै अगाडि भनेकी छन्, ‘हामी उनीहरु सबैको सुरक्षित र सफल अध्ययनको अनुभूति दिलाउन र न्यू साउथ वेल्समा सामाजिक सम्बन्ध र मित्रता स्थापित गराउन चाहन्छौ ।’

अन्तिम सूचिका हेर्न यहाँ क्लीक गर्नुस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment