Comments Add Comment

म्यानमारमा रोहिंग्या विद्रोहीले गरे एकतर्फी युद्धविराम

२५ भदौ, काठमाडौं । म्यानमारका रोहिंग्या मुस्लिम विद्रोहीले एकतर्फी युद्धविराम घोषणा गरेका छन् । देशको पश्चिमी भागमा जारी संकट कम गर्न एक महिनाका लागि एकतर्फी युद्धविराम घोषणा गरिएको उसले बताएको छ ।

आराकाना रोहिंग्या साल्वेशन आर्मीले सुरक्षा बलमाथि आक्रमण गरेको दुई सातापछि म्यानमारको सेनाले सशस्त्र अभियान थालेको थियो, जसका कारण तीन लाख रोहिंग्या मुस्लिमले भागेर बंगलादेशमा शरण लिएका छन् ।

रोहिंग्या विद्रोहीले म्यानमारको सेनालाई पनि युद्धविराम मान्न आग्रह गरेको छ । साथै मानवीय सहायता संगठनलाई सहयोग सुरु गर्न अपील गरेको बीबीसीले जनाएको छ ।

तर, म्यानमार सरकारका एक मन्त्रीले भने भागेर बंगलादेश पुगेका रोहिंग्या मुस्लिमहरुलाईै देश फर्किन नदिने बताएका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार म्यानमारबाट भागेका रोहिंग्या मुस्लिमहरुलाई सहयोग गर्न सदायता समूहलाई सात करोड ७० लाख डलर तत्काल आवश्यक छ । बंगलादेशको कक्स बजार पुगेका शरर्णाीहरुका लागि खाना, पानी, स्वास्थ्य सेवा जरुरी छ ।

अल्पसंख्यक समुदाय रोहिंग्या मुस्लिमहरुले भनेका छन् कि म्यानमारको सेनाले उनीहरुको गाउँ नै लगाएका छन् । तर, सरकारले यो आरोप अस्वीकार गरेको छ र भनेको छ, सरकार रोहिंग्या चरमपन्थीसँग लडिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment