Comments Add Comment

आर्यनसँग फेरि रोमान्टिक मुडमा रेखा


नायिका रेखा थापा र नायक आर्यन सिग्देलको जोडी सबैभन्दा बढी सुहाउने चर्चा चलचित्र वृत्तमा लामो समयदेखि चल्दै आएको छ । आर्यनसँग रोमान्टिक मुडमा प्रस्तुत हुने रेखा अन्य नायकसँग त्यती सहज मान्दिनन् । सायद, यसैले पनि होला फेरि रोमान्टिक मुडमा खुल्न रेखालाइ ८ बर्ष लागेको छ ।

कात्तिक २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रुद्रप्रिया’को एक गीतको छायांकन सकिएको छ । यो गीतमा रेखा र आर्यन निकै रोमान्टिक अवतारमा देखिएका छन् । अर्जुन पोखरेलको संगीत रहेको यो गीतको भिडियोलाइ प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । सुदिप भूपाल सिंहले निर्देशन गरेको यो चलचित्रमा रेखा र आर्यनको साथमा राजन इशान, टिका पहारी लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको बक्स अफिस कलेक्शन रेखा र आर्यनकै लागि महत्वपूर्ण छ । यसैले पनि रेखा र आर्यनले ८ बर्ष अगाडि पर्दामा देखाएको म्याजिक फेरि देखाउने तयारीमा रेखा र आर्यन लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment