Comments Add Comment

प्रदेश नं. ५ को राजधानी दाङमाः वर्षमान पुन

'संविधान संशोधन अवको चुनावी एजेन्डा'

प्यूठान, भदौं २६ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले प्रदेश नं. ५ को राजधानी दाङमा हुँने बताएका छन् ।

सोमबार प्यूठानको जुमि्रमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले प्रदेशको राजधानी दाङमै हुने धारणा व्यक्त गरेका हुन् ।

पत्रकारहरुको जिज्ञासामा पुनले दाङमै राजधानी बनाउनका लागि उच्च अदालत, प्रदेश प्रहरी, नेपाल टेलिकम, आयम निगम लगायतका प्रादेशिक कार्यालय दाङमा बन्ने निश्चित गरिएको उनले बताए ।

भौगोलिक अवस्थासँगै आधारभूत कुराहरु समेत दाङमा बनिसकेकोले दाङमै प्रदेशको राजधानी हुने पुनले बताए ।

संविधान संशोधन अवको चुनावी एजेन्डा

यस्तै नेता पुनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संधोधन आवश्यक रहेको बताएका छन् ।

संविधान संशोधन नयाँ जनादेशका साथ हुने उनले उल्लेख गरे ।

संविधान गतिशील दस्तावेज भएकाले सन्तुलित परराष्ट्र नीतिका साथ राष्ट्र र राष्ट्रियताको आधारमा संविधान संशोधन हुने उनको भनाइ छ ।

संविधान संशोधनका यीनै एजेण्डालाई लिएर आफूहरु जनता माझ जाने उनले बताए ।

५ नं. प्रदेशका इन्चार्ज समेत रहेका नेता पुन दलित मुक्ति मोर्चाको ५ नं. भेलालाई सम्बोधन गर्न प्यूठान आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment