Comments Add Comment

निर्देशक परिवर्तन गर्दै बलिउड कलाकारको साथमा ‘दि कर्मा’ घोषणा


मंसिरबाट छायांकनमा जाने तयारीका साथ चलचित्र ‘दि कर्मा’को घोषणा गरिएको छ । नयाँ बर्षको अवसरमा यो चलचित्र रिलिज गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

जय मिडिया म्यानेजमेन्ट प्रालिको ब्यानरमा बन्ने यो चलचित्रलाइ देवकुमार श्रेष्ठले निर्देशन गर्दैछन् । हुनत, यो चलचित्रलाइ सुरुवातमा विश्वदिप घिमिरेले निर्देशन गर्ने पक्का थियो । तर, औपचारिक पत्रकार सम्मेलनमा भने निर्देशक एकाएक परिवर्तन भएका छन् ।

जयराज राय र नीशा खतिवडाको निर्माणमा तयार हुन लागेको यो चलचित्रमा केही बलिउड र केही साउथ चलचित्रमा अभिनय गरेका कलाकारले काम गर्दैछन् । दीपक आनन्द र करण कुमार बर्माले केही भारतीय चलचित्रमा काम गरिसकेका छन् । उनीहरुको साथमा चलचित्रमा क्षितिजा शाक्य, नसीमा आचार्य, अनुप सक्सेना लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । नेपाल र भारतका केही स्थानमा चलचित्रको छायांकन हुनेछ ।

चलचित्रमा रामेश्वर कार्कीको छायांकन, जयराज रायको कथा, सुशिल पोखरेलको पटकथा तथा संवाद, अष्ट महर्जनको एक्सन, रामजी लामिछानेको नृत्य निर्देशन रहने पक्का भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कलाकार दीपक आनन्दले आफूले नेपाललाइ निकै माया गर्ने गरेको र नेपाली चलचित्रमा काम गर्न पाउँदा उत्साहित रहेको बताए । नेपाल र भारतको सिमानामा हुने अपराधको घटनामा यो चलचित्र बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment