Comments Add Comment

निर्वाचन आचारसंहिता कुल्चँदै ९ सचिव र १२ सहसचिव विदेश सयरमा


२९ भदौ, काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गर्दे सरकारका ९ सचिव र १२ सहसचिव एकैपटक चीन भ्रमणमा निस्केका छन् । सचिव र सहसचिवको टोली १३ दिने भ्रमणका लागि सोमबार चीन गएको हो ।

ती सरकारी अधिकारी निर्वाचन आयोगको सहमति लिएर भ्रमणमा गएका हुन् । आयोगका आयुक्त सुशीरकुमार शाहको संयोजकत्वमा गठित निर्वाचन आचारसंहिता समितिले भ्रमणको सहमति दिएको हो ।

निर्वाचन आयोगले भदौ १५ गतेदेखि निर्वाचन आचारसंहिता लगाएर सरकारलाई सरुवा, बढुवा, भ्रमणलगायत कार्यक्रम स्वीकृत नगर्न आग्रह गरेको थियो । तर, आयोग आफैंले एकैपटकमा २१ जनालाई विदेश भ्रमणमा जान सहमति दिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment