नायिका नीता ढुंगाना आज आफ्नो २५ औं जन्मदिन मनाउँदैछिन् । आजबाट २५ बर्षमा प्रवेश गरेकी हेटौडाकी नीताले जन्मदिनको अवसर पारेर नयाँ घोषणा पनि गरेकी छिन् । उनले भनिन्-‘चलचित्र अभिनयसँगै अब म निर्माणमा पनि हात हाल्दैछु । यसैले, ‘नीता ढुंगाना फिल्मस्’ आज घोषणा गर्दैछु । नीताले आज पत्रकार, आफन्त र साथीभाइसँग जन्मदिन सेलिव्रेशन गर्न पनि लागेको बताइन् ।
जन्मदिनमा आफूलाइ एक बर्ष वुढी भएजस्तो लागेको बताउँदै नीताले भनिन्-‘गएको बर्ष जे जस्तो भएर बित्यो मैले त्यो भूलिसकेँ । अब, नयाँ शैलीले अगाडि बढ्न खोज्दैछु ।’ यसैले आफ्नै ब्यानरमा नयाँ चलचित्र बनाउने तयारी गरिरहेको नीताले बताइन् ।
तपाइलाइ २५ बर्षमा लाग्दै गर्दा करिअरमा कती सफल भए भन्ने लाग्छ भन्ने प्रश्नमा यी सुन्दरीले भनिन्-‘मलाइ त सफल नै भएजस्तो लाग्छ । अरुले के सोच्छन् मलाइ थाहा छैन । तर, हटौडाकी एउटी केटीले काठमाण्डौ आएर यो उचाइ छुनुलाइ मैले सफलता मानेकी छु । आफ्नै घर, केही बैंक ब्यालेन्स समेत जोडेकी छु । यसलाइ मेरो नजरमा मैले सफलता मानेकी छु ।’
उनले जन्मदिनमा आफ्नी आमालाइ निकै मिस गरेको बताइन् । साथमा, बाबु पनि हेटौडा भएकाले सँगै जन्मदिन मनाउन नपाएको उनको भनाइ छ । केही बर्ष अगाडिसम्म प्रेममा रमाएकी नीता अहिले झनै खुशी देखिएकी छिन् । नीता भन्छिन्-‘एक्लै हुँदा निकै खुशी छु । यसैले त जन्मदिन मनाउन लागेकी हुँ ।’
नीतालाइ जन्मदिनको अवसरमा हाम्रो तर्फबाट पनि शुभकामना ।
प्रतिक्रिया 4