Comments Add Comment

केसलाई मुलायम र चम्किलो बनाउने सरल घरेलु विधी


रुखो, फुस्रो केसलाई कसरी आकर्षक बनाउने ? चमकदार र मुलायम कसरी बनाउने ? यसका केहि घरेलु काइदा छन् ।

चिसो पानीले केस धुने

केस धुनका लागि सधै चिसो पानी नै प्रयोग गरौं । चिसो पानीले केसको माथिल्लो तह नरम र मुलायम बनाउँछ । कतिले मनतातो पानी पनि प्रयोग गर्छन् । यसले केसको क्यूटिक्लस क्षतिग्रस्त हुनपुग्छ, केस रुखो हुन्छ ।

घिउकुमारी

अचम्म लाग्नसक्छ कि, घिउकुमारीमा ७५ प्रतिशतभन्दा बढी न्यूटि्रएन्ट्स हुन्छ । यसमा एक इन्जाइम हुन्छ, जसले केस बढाउन मद्दत गर्नका साथै मुलायम पनि बनाउँछ । घिउकुमारी केसमा प्रवेश गरेर सजिलै त्यसलाई ओसिलो बनाइराख्छ । यसका लागि घिउकुमारीको पात काटेर ताजा जेल निकाल्ने । त्यसलाई पानीमा घोलेर केसमा लगाउनुपर्छ । ३० मिनेटपटि माइल्ड श्याम्पुले धुनुपर्छ ।

एग प्याक

हामीलाई थाहै छ, एग प्याकको फाइदा । केस रुखो होस् वा क्षतिग्रस्त, तैलिया होस वा चिपचिपे, एग प्याक राम्रो समाधान हो । एग प्याकमा भरपुर मात्रामा प्रोटिन र पोषक तत्व पाइन्छ, जसले केसलाई रेशमी र मुलायम बनाउँन मद्दत गर्छ ।

यसका लागि एक अन्डालाई राम्ररी फिटेर त्यसमा एक चम्चा मह, एक चम्चा क्रिम, एक चम्चा ओलिभ आयल घोल्नुपर्छ । उक्त पेस्टलाई केसमा लगाएर सुख्खा हुन दिने । त्यसपछि चिसो पानीले धोएर श्याम्पु गर्ने ।

बनाना प्याक

केरा कार्बोहाइड्रेट, भिटामिन, नेचुरल आयल, पोटाशियमले भरपुर हुन्छ । यसमा एन्टिअक्सिडेन्ट पनि पाइन्छ, जो पि|m रेडिकल्ससँग लड्न मद्दत गर्छ । बनाना हेयर प्याक प्रयोग गर्दा केसमा पोषण मिल्छ । त्यही कारण केसको रुखोपन कम हुन्छ र व्यवस्थित देखिन्छ ।

बनाना प्याकबाट बढी फाइदा लिनका लागि त्यसमा दही मिसाउनु पर्छ । यसका लागि एउटा पाकेको केरामा २ चिया चम्चा दही मिसाएर राम्ररी मिक्स गर्नुपर्छ । त्यस मिश्रणलाई जरैसम्म पुग्नेगरी केसमा लगाउनु पर्छ र ४५ मिनेटका लागि छाडिदिनुपर्छ । र, श्याम्पु गर्नुपर्छ ।

भेनिगर

लामो समयदेखि एप्पल साइडर भेनिगरको प्रयोग गरेर केस धुनमा गरिदै आएको छ । हाम्रो केसमा ५ दशमलव ५ पीएच हुन्छ । एप्पल साइडर भेनिगरले केस धुँदा केसको क्यूटिकल्स बन्द हुन्छ । त्यही कारण केस मुलायम र चमकदार देखिन्छ ।

यसका लागि एक चौथाई कप भेनिगरमा एक कप पानी मिलाउने । केसमा श्याम्पू गरेपछि यस मिश्रणले केस धुनुपर्छ ।

हट आयल टि्रटमेन्ट

हप्तामा एक पटक तातो तेलले केस मसाज गर्नुपर्छ, यसले केस सिल्क र स्वस्थ्य हुन्छ । साथसाथै तनाव समेत कम हुन्छ ।

केस मसाज गर्नका लागि नरिवल, ओलिभ, स्विट आलमन्ड आदिको तेल प्रयोग गरौ । यी तेलहरु आपसमा मिलाएर पनि लगाउन सकिन्छ । यसका लागि तीन चम्चा तेल हल्का तताउने र कपालमा लगाउने । हल्का हातले मसाज गर्ने । मसाज पछि तातो तौलियाले केसमा लपेट्ने । यसले गर्दा केस जरैसम्म पुग्छ । २० मिनेटसम्म यो क्रिया जारी राख्नुपर्छ ।

सहि ढंगको कन्डिशनिङ

सहि कन्डिशनिङ केसको लागि एकदमै फाइदाजनक हुन्छ । यसले केसलाई सिल्क एवं मुलायम बनाउँछ । कम्तिमा हप्तामा एक दिन केसलाई आवश्य कन्डिशन गर्नुपर्छ । थोरै कन्डिशनर लगाएर छाड्नाले केस व्यवस्थित हुन्छ र यो हानिकारक पनि हुँदैन ।

हिटबाट बचौं

स्ट्रेटनर्स, कर्लिङ आइरन, ब्लो डायर्स इन्टेन्ट स्टाइलिङका लागि राम्रो उपाय हो । तर, यसको अधिक प्रयोगले केस क्षतिग्रस्त हुन्छ । यसमा आउने तातोले केसलाई रुखो बनाउँछ र केसको प्राकृतिक तेललाई नष्ट गर्छ । यदि प्रयोग गर्नै परे हीट प्रोटेक्टिभ स्प्रे वा सीरम लगाउन नभुलौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment