नायिका बर्षा राउतले अभिनय गरेका एकपछि अर्को चलचित्र अब रिलिज हुने भएका छन् । असोज ११ गते चलचित्र ‘छक्का पन्जा २’ रिलिज हुदैछ । त्यसको एक महिनामै उनी अभिनित अर्को चलचित्र पनि रिलिज हुने भएको छ ।
रोज राणाले निर्देशन गरेको चलचित्र ‘मेरो पैसा खोइ’ले कात्तिक ९ गतेलाइ प्रदर्शन मिति तोकेको छ । यो मितिमा चलचित्र ‘ऐश्वर्य’ आउने पक्का भैसकेको थियो ।
चलचित्रमा नायक सौगात मल्ल र नायिका बर्षा राउतको जोडीलाइ दर्शकले देख्न पाउनेछन् । चलचित्रमा यी दुइको अलवा छुल्ठिम गुरुङ, रविन तामाङ, वुद्धि तामाङ, कमलमणी नेपालको मुख्य भूमिका छ । नव-कलाकार सागर तिवारीले यही चलचित्रबाट डेब्यू गर्दैछन् ।
पूर्णतया कमेडी कथामा निर्माण भएको यो चलचित्रले दर्शकलाइ पूर्ण रुपमा हसाँउने निर्माता तथा निर्देशक राणाले बताए । केही दिनमै चलचित्रको फस्टलुक र ट्रेलर रिलिज गर्ने उनले बताए ।
बलिउड निर्देशकले चलचित्र छायांकन गर्दै गर्दा उनी भारत भागेपछि रोजले आफै यो चलचित्र निर्देशन गरेका थिए ।
प्रतिक्रिया 4