+
+
Shares

ओम अस्पताल र परिवारको सहमतिमा कमलाको अन्त्येष्टि

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ३० गते १२:००

३० भदौ, काठमाडौं । चावहिलस्थित ओम अस्पताल र परिवारबीच भएको सहमति पश्चात्त कमला भट्टराईको अन्त्यष्टि गरिएको छ ।
आफन्तले बिहीबार राति नै शव बुझेर पशुपतिस्थित आर्यघाटमा अन्त्यष्टि गरेको बताएका छन् ।

मृतकका भाई नारायण न्यौपानेका अनुसार अस्पताल प्रशासन र पीडित पक्षबीच भएको वार्ताका क्रममा स्वास्थ्य मन्त्रालयले गठन गरेको उच्चस्तरीय वार्ता टोलीले बुझाएको प्रतिवेदनका आधारमा प्रकि्रया अगाडि बढाउने सहमति पश्चात्त परिवारले बिहीबार राति भट्टराईको शव बुझेर अन्त्येष्टि गरिएको हो ।

ओम अस्पतालका प्रवन्ध निर्देशक बाबुकाजी कार्कीले सरकारल गठन गरेको उच्चस्तरीय छानबिन टोलीले दिएको रिपोर्टको आधारमा अगाडि बढ्ने सहमतिम वार्ता अगाडि बढाउने सहमति भएपछि मृतकका आफन्तले शव बुझेको बताए ।

उनले मृतकका आफन्तले शव बुझे क्षतिपूर्तिवापत रकमको कुरा उठेपनि हालसम्म यसबारे कुनै सहमति नभएको बताएका छन् ।

मृतकका भाई न्यौपानेले आफूहरुले शव बुझे पनि वाताए अझै जारी रहेको बताएका छन् । ‘वार्ता अझै जारी रहेकाले भोली नै हामीहरु काठमाडौं फर्केर उक्त वार्तालाई टुङगोमा पुर्‍याउँछौं ।’

पैसा दिएर घटना थामथुम पार्न खोजेको आरोप

अस्पतालले आफ्नो मागलाई डाइभर्ट गरेर पैसामा मिलाउन खोजेको पीडित पक्षले आरोप लगाएका छन् ।

ओम अस्पतालका पीडितलाई यस अघि पनि अस्पतालले १० हजार, एक लाख गदै १५ लाखसम्म दिएर घटनालाई थामथुम पार्न खोजेको भन्ने कुरा आफूलाई जानकारीमा आएको छ भन्दै आफन्तले त्यही पैसाको आडमा आफूहरुलाई दमन गर्न खोजेको बताए ।

‘हामीले पहिले देखि नै पैसामा विक्दनौ भनिरहेको अवस्थामा अस्पतालले हामीलाई क्षतिपूर्ति वापतको कुनै रकम दिएको पनि छैन र हामी मध्ये कसैले लिएका पनि छैनौ । यदी कसैले लिएको भन्छ भने, या त हामीलाई बदनाम गराउन खोजिएको हो, वा त वार्ता टोलीमा हाम्रो जानकारी विना नै अन्य कुनै गिरोह संलग्न गराइएको हो’, मृतकका आफन्तले भने ।

गत शनिवार नाकको बाङ्गो हड्डीको शल्यकि्रया गर्ने क्रममा गुल्मी मदाने गाउपालिकावडा नं ४ स्थायी घर भई हाल बुटवलस्थित शंकरनगर बस्ने ४० वर्षीया कमला भट्टराईका ओम अस्पतालमा मृत्यु भएपछि अस्पतालको लापरवाहीको कारण विरामीको मृत्यु भएको भन्दै पीडित पक्षले दोषीलाई कारवाही तथा अस्पताल खारेजीको माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?