Comments Add Comment

सेलेनाले गरिन् ‘मृगौला प्रत्यारोपण’


आफ्नो नयाँ म्यूजिक भिडियो बजारमा सार्वजनिक हुँदा पनि प्रमोशनमा नहिडेपछि विश्व चर्चित गायिका तथा नायिका सेलेना गोमेजको चर्चा मिडियामा भैरहेको थियो । सेलेना आखिर, किन बाहिर निस्किएकी छैनन् भन्ने चर्चा मिडियामा चल्यो । अन्ततः सेलेना आफैले यसको जवाफ सामाजिक संजालबाट दिएकी छिन् ।

२५ बर्षकी सुन्दरीलाइ ‘लुपुस’ नामक रोग लागेको थियो । जसकाकारण, उनले आफ्नो एउटा मृगौला नै प्रत्यारोपण गर्नुपर्‍यो । उनलाइ टेलिभिजनकी कलाकार फ्रान्सिया राइसाले एउटा मृगौला दिएकी छिन् ।

समर महिनामा उनी आराम गरिरहेकी थिइन् । सेलेनाले सामाजिक संजालबाट आफूलाइ ‘लुपुस’ नामक रोग लागेको र मृगौला प्रत्यारोपण गरेको जानकारी दिएकी छिन् । अहिले आफू विस्तारै ठिक भैरहेको उनले जनाएकी छिन् ।

सेलेनाले आफ्नो स्वास्थ्यका लागि यो उपचार आवश्यक रहेको समेत बताएकी छिन् । साथमा, उनले फ्रान्सियाले आफूलाइ ‘जीवनकै अन्तिम गिफ्ट’ दिएको भन्दै धन्यवाद समेत दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment