Comments Add Comment

थवाङ गाउँपालिका अध्यक्ष अपहरणको जिम्मा नेकपाले लियो

'पुरानो सत्ता'को कार्यक्रम आयोजना गरेको आरोप

३० भदौ, काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’को अपहरणको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ । नेकपाका रोल्पा जिल्ला सेक्रेटेरी जागृतिले घर्तीको अपहरणको जिम्मा लिएका हुन् ।

यद्यपी उनले आफूहरुले अपहरण गरेको नभइ छलफलका लागि आफूहरुसँगै राखेको बताएका छन् । ‘छलफलको लागि बोलाएका हौं र समझदारीमै छलफलमा रहेका छौं,’ उनले भने ।

बिहीबार राति ससुराली घरमा सुतिरहेको बेला थवाङ गाउँपालिका प्रमुख घर्तीलाई नेकपा कार्यकर्ताले नियन्त्रणमा लिएका थिए ।

शनिबार आयोजित थवाङ गाउँसभा कार्यक्रम उदघाटनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई आफूहरुको अनुमतिविना किन बोलाएको भन्दै नेकपाले नियन्त्रणमा लिएको हो ।

‘पुरानो सत्ताको जनपरिषदको अधिवेशन राखेकोले वियोगलाई बोलाएका हौं,’ नेकपा सेक्रेटरी जागृतिले भने ।

स्थानीय चुनावमा नेकपा, नेपाली कांग्रेस, नेकपा एमालेसहितको गठबन्धनलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका वीरबहादुर घर्ती थवाङ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment