
१५ सेप्टेम्बर,मलेशिया । मलेशियामा एक नेपाली मृत्युदण्डको सजायवाट जोगिएका छन् । इलामको एकतप्पा गाविस वडा न ७ घर भएका भिम दियाली मृत्यु दण्डको सजाय हुनबाट जोगिएका हुन् ।
गएको वर्ष फेब्रुवरी १८ तारिखमा रातिको ११ वजेतिर उनी पक्राउ परेका थिए ।
शुक्रबार (सेप्टेम्बर १५ तारिख)का दिन मकामा तिङगी अदालतमा आफ्नो वकिलले बहस गरेपछि उनी निर्दाेष ठहरिएको वकिलको फेसबुकमार्फत भिडिमा जानकारी दिएका छन् ।
दियालीले भनेका छन्,’मेरो गाजा केश थियोे जुन मेरो थिएन अर्काे साथीको थियो, ऊ गयो । मलाई आज छाडिदियो मेरो लयरले छुटाइदियो ।
उनले भनेका आफू क्याम्पमा भएको जानकारी गराउँदै छिटो डकुमेन्ट, पैसा र टिकट काटेर पठाइदिन आग्रह गरेका छन् ।
नेपाली दुतावासका द्धितीय सचिव प्रेमराज गौतमले दियालीको सबै डकुमेन्टहरु मगाएपछि कहिले नेपाल पठाउन सकिन्छ त्यसको लागि तयार गरिरहेको वताए ।
दियालीका गाउँले वुद्धिमान राईले अनलाइनखबरसँग भने,’मलाई दियालीको वारेमा रेशम बरालीले जानकारी दिएका थिए त्यसपछि दुतावासमा गएर कुरा राखे आज जेलवाट छुटेर क्याम्पमा पुगेका छन् पुलको काम गर्न पाउदा खुसि लागेको छ ।’
दियाली तीन वर्ष अगाडि रोजगारीको लागि मलेशिया आएका थिए । उनले सुगाईवुलो जेलमा करिव डेढ वर्ष विताएका थिए भने अब केही समय घर फर्किने छन् ।
दियालीले वकिलको फेसबुक मार्फत दिएको भिडियो जानकारी
प्रतिक्रिया 4