Comments Add Comment

भरतपुर महानगरको कार्यपालिकामा एमालेलाई बहुमत

३० भदौ, चितवन । भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा एमालेले बहुमत प्राप्त गरेको छ । शुक्रवारको मतदानमा ८ मध्ये ६ पदमा एमालेले जितेको छ । बाँकी २ सदस्य भने कांग्रेसले जितेको छ ।

एमालेबाट विजयी हुने वोर्ड सदस्यहरुमा धन कुमारी वि.क. पार्वती वि.क, विना गुरुङ, चक्र रुचाल, टेकलाल विश्वकर्मा र मान बहादुर विश्वकर्मा छन् । कांग्रेसबाट गीताकुमारी शर्मा र पवित्रा केसी चुनिएका छन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेका तीनै जना पराजित बने ।

कूल १४७ मतदाता रहेको भरतपुरको नगर कार्यपालिकाको निर्वाचनमा एमालेका ७०, कांग्रेसको ६९ र माओवादीको जम्मा ८ जनाले मतदान गरेका थिए । कूल २९ वडामा एमालेले १४, कांग्रेसले १२ र माओवादीले ३ वडा अध्यक्ष पद जितेका थिए ।

नगर कार्यपालिकाका लागि भरतपुर महानगरमा चुनावी गठबन्धन गरेका कांग्रेस र माओवादी केन्द्रले पुनः गठबन्धन गरेका थिए । गठबन्धन अनुसार नेपाली कांग्रेसले पाँच र माओवादीले तीन पदमा सहमति भएको थियो ।

योसँगै महानगरको नगर कार्यपालिका ३९ सदस्यीय बनेको छ । मेयर र उपमेयर, २९ वडाकै वडाअध्यक्ष र ८ जना गरी कूल ३९ जनाको नगर कार्यपालिका रहने व्यवस्था छ । महानगरको बोर्डमा एमालेको बहुमत भएसँगै मेयर रेणु दाहाललाई एमालेसँग नै सहकार्य गरी कामकाज गर्नुपर्ने अवस्था आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment