Comments Add Comment

नेपाली क्रिकेट टोली भोलि चेन्नई जाने

३१ भदौ, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका नेपाली क्रिकेट टोली भोलि भारतको चेन्नई जाने भएको छ ।

पारस खड्काको कप्तानीमा रहेको १८ सदस्यीय टोली भोलि विहान ९ः५० मा चेन्नई प्रस्थान गर्नेछ । त्यहाँ स्थानीय टोलीसँग चार अभ्यास खेल खेल्ने तय भएको छ ।

नेपाली टोली असोज ११ गते फूलपातीको दिन काठमाडौं फर्किने छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपालले असोज २७ र २९ मा हङकङसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment