+
+

निर्वाचनअघि नै प्रदेशमा आईजीपी नियुक्तिको तयारी

संघीय संरचना बनाउनेमा नेपाल प्रहरी पहिलो

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १ गते ७:००

१ असोज, काठमाडौं । प्रदेश सरकारमातहत रहेर काम गर्ने निकायमध्ये संघीय संरचना बनाउनेमा नेपाल प्रहरी पहिलो बनेको छ । एक महिनाअघि नै प्रहरीले सातै प्रदेशमा प्रदेश प्रहरीको कार्यालय स्थापना गरिसकेको छ ।

सरकारले सातै प्रदेशमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनअगाडि प्रदेश आइजिपी नियुक्तिको तयारी थालेको छ । निर्वाचनअगाडि नै प्रदेशमा आइजिपी नियुक्ति गरिने गृहमन्त्री जनार्दन शर्माले बताए । गृह मन्त्रालयले एक महिनाभित्रै संघीय प्रहरी ऐन ल्याउने भएको छ ।

ऐन ल्याएलगत्तै सातै प्रदेशमा आइजिपी नियुक्ति गरिनेछ ।

हाल सातै प्रदेशमा एआइजीलाई प्रदेश इन्चार्ज बनाएर खटाइएको छ । तर, ऐन नभएकाले पहिला क्षेत्रीय प्रहरी कार्यालयले गर्ने काम उनीहरूले गर्दै आएका छन् । गृहले सबै निकायसँग सरसल्लाह गरी संघीय प्रहरी ऐनको मस्यौदालाई अन्तिम चरणमा पुर्याएको छ । ऐन आएलगत्तै आइजिपी नियुक्त गरेर अधिकारसमेत दिन लागिएको छ ।

संघीय प्रहरी ऐनमा सेवाहद राख्ने कि नराख्ने भन्नेमा विवाद छ । हाल एआइजीलगायतको प्रहरीको एक समूह जसरी पनि ३० वर्षे सेवाहद लागू हटाउने लबिङमा छन् । तर, त्यसपछिको ब्याच भने तत्काल हटाउन नहुने पक्षमा छ । जसकारण निश्चित समयपछि लागू हुने गरी संघीय प्रहरी ऐन ल्याउन लागिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?