Comments Add Comment

एनआरएन अमेरिकाको छैठौं साधारणसभा सुरु

एनआरएनएलाई राष्ट्रसंघ जस्तो देख्न चाहेको छुः शेष घले

अमेरिका । गैरआवासीय नेपाल संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको छैठौं वार्षिक साधारणसभा सुरु भएको छ ।

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यतामा सुरु भएको साधारणसभामा एनआरएनएका अध्यक्ष शेष घलेलगायतको उपस्थिति रहेको थियो ।

एनआरएनए अन्तर्राष्ट्रिय अध्यक्ष शेष घलेले मन्तव्य राख्दै अमेरिकाको नयाँ कार्यकारी समितिलाई बधाई दिएका थिए । आफूले नेतृत्व लिए राम्रा कामहरुको सुरुवात गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको उनले बताए । उनले एनआरएनएलाई राष्ट्रसंघ जस्तो देख्न चाहेको भन्दै सबै मिलेर यसलाई अगाडि लैजानुपर्ने बताए ।

अमेरिकाका लािग नेपालका राजदूत अर्जुनकुमार कार्कीले एनआरएनएबाट मुलुकले धेरै लाभ लिन सक्ने बताए । उनले एकजुट भएर अघि बढ्न समेत एनआरएनएलाई अनुरोध गरे ।

एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षमा कार्यक्रम भएको कार्यक्रममा महावाणिज्यदूत प्रेमराजा महत, प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभु थापा, नेपाली जनसम्पर्क समितिका सभापति आनन्द बिष्ट , एएनएका अध्यक्ष मेदिनी अधिकारी, एनआरएनएका संस्थापक अन्तर्राष्ट्रिय उपाध्यक्ष डा. श्याम कार्कीलगायतले आफ्नो विचार व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment