Comments Add Comment

च्याम्पियन बन्न हङकङले नेपाललाई दियो ७७ रनको लक्ष्य

१ असोज, काठमाडौं । एसीसी यू-१९ इस्टर्न रिजनको उपाधिका लागि हङकङले नेपाललाई ७७ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ३२.१ ओभरमा ७६ रन बनाउँदा सबै विकेट गुमायो । उसका हरपि्रत सिंहले २० रन बनाए भने झाथवेद एस एसले १६ र वक्सास खानले १५ रन बनाए । अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा साहब आलम र सन्दिप लामिछानेले ३-३ विकेट लिए भने अनिलकुमार साह र दिपेन्द्र सिंह ऐरीले एकएक विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment