Comments Add Comment

नेपालको पहिलो फिफा रेफ्री स्वर्गीय रुपकराज शर्माको स्मृतिमा साइकल र्‍याली हुने

१ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा पहिलो नेपाली फिफा रेफ्री रुपकराज शर्माको बिमान दुर्घटनामा परि मृत्यु भएको २५औं स्मृति दिवसमा साइकल र्‍याली आयोजना हुने भएको छ ।

सन् १९९२ सेप्टेम्बर २८ मा पाकिस्तान एयरलाइन्सको बिमान दुर्घटनामा परि रुपकराज शर्मा लगायत १०० भन्दा बढी यात्रीको मृत्यु भएको थियो ।

शर्माको स्मृतिमा स्थापना भएको रुपक मेमोरियल फाउण्डेसनले हवाई यात्राको सुरक्षासम्बन्धी जनचेतना बिस्तार गर्ने उद्देश्यले ‘साइकल राइड’को आयोजना गर्न लागेको जानकारी दिएको छ ।

आगामी असोज ७ गते सनिबार सातदोवाटोस्थित फाउण्डेसनको कार्यालयबाट साइकल र्‍याली सुरु हुनेछ । साइकल र्‍याली बिमान दुर्घटना भएको स्थान लेलेमा बनाइएको पीआईए पार्क पुगेर त्यसको परिक्रमा गरी पुनः फाउण्डेसनको कार्यालयमा आइपुग्नेछ । यसको पूरा दूरी २७ किलोमिटर छ ।

दुर्घटनाका मृतकहरुको सम्झनामा बनाइएको लेलेस्थित पीआईए पार्कमा मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको फाउण्डेसनले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment