Comments Add Comment

भूवन र दीलिपको आज जन्मदिन, कस्तो रह्यो २ नायकको फिल्मी करिअर ?


नायक भूवन केसीलाइ चलचित्र क्षेत्रमा ‘सदाबहार नायक, सुपरस्टार’ जस्ता उप-नामले चिनिन्छ । नेपाली चलचित्र क्षेत्रमा यदि कुनै नायकका चलचित्र सबैभन्दा धेरै सफल छन् भने ती भूवन केसीकै छन् । ‘सपना, संझना, कुसुमे रुमाल, नेपाली बाबु, म तिमीविना मरिहाल्छु नि, सुपरस्टार’ जस्ता चलचित्रले उनलाइ सदाबहार नायक बनाइदिएको थियो ।

नेपाली चलचित्र क्षेत्रमा ‘५१ र १००’ दिन मनाउने अधिकांश चलचित्रको नायक भूवन केसी नै थिए । उनै, नायक केसीको आज जन्मदिन हो । केसी सफल नायक, निर्माता र निर्देशक पनि हुन् । उनले अभिनय गरेका अधिकांश चलचित्र सफल भए । चलचित्र निर्माणमा पनि उनी निकै सफल भए भने चलचित्र ‘डि्रम्स’बाट निर्देशक बनेका उनी, यो विधामा पनि सफल भए ।

विशेषगरि, यूवतीको कारणले भूवन केसी बढी चर्चित भए । चलचित्रका हरेक पाटोमा सफल भएपनि यूवती र वैवाहिक सम्बन्धका कारण भूवनलाइ आलोचित बनायो । तर, उनले नेपाली चलचित्र क्षेत्रमा ३ दशकदेखि पुर्‍याएको योगदान भने उच्च छ ।

यस्तै, आज नेपाली चलचित्र क्षेत्रका अर्का सफल नायक दीलिप रायमाझीको पनि जन्मदिन हो । चलचित्र ‘आदिकवि भानुभक्त’बाट चलचित्रको नायक बनेका दीलिप पनि कुनै समयका चर्चित स्टार हुन् । ‘दर्पणछाया, जिन्दगानी, आफ्नो मान्छे’ जस्ता चलचित्रले बम्पर कमाइ गरेपछि उनी एकाएक स्टार बनेका थिए । तर, आफ्नो करिअरमा चलचित्र छनोट गर्न नजान्दा र स्टारडम जोगाउन नसक्दा दीलिप चाडै नै तल झरे ।

उनले निर्माण गरेको चलचित्र ‘मिस यू’ बक्स अफिसमा सफल हुन सकेन । दीलिप अहिले ग्रिन कार्ड लिएर अमेरिका पुगेका छन् । चलचित्र क्षेत्रका दुबै नायकलाइ हाम्रो तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment